स्वास्थ्यकर्मी संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

के-पी- घिमिरे/
नेपालगन्ज,जेठ,२०-
बाँके जिल्लामा रहेका स्थानीय स्वास्थ्यकर्मीहरुलाई ४ महिना देखि तलव भत्ता नखुवाएको भन्दै यहाँका संघ/संगठनहरुले प्रधानमन्त्री के-पी- शर्मा वलीलाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीय नगरपालिका ,उप महानगर पालिका, गाउँ पालिकामा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलव भत्ता , फिल्ड भत्ता , पोशाक भत्ता लगायतका भत्ता नखुवाउदा दैनिकी जिविकोपार्जन गर्न कठिनाइ भएको ट्रेड युनियनहरुले बताएका छन् ।

यस भन्दा पहिला पनि प्रदेश नं ५ का सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाए पनि कुनै सुनुवाइ नभएको ट्रेड युनियनले बताए । यो हाम्रो ज्ञापनपत्रलाई यथा शिघ्र सुनुवाइ नगरे कडा अान्दोलनका कार्यक्रम ल्याउने अखि नेपाल जन स्वास्थ्य कर्मी महासंघ बाँकेका अध्यक्ष कविराम बुढाथोकीले बताउनु भयो ।
ज्ञापनपत्र यस्तो रहेको छ ।