बाँकेमा मेलानले गर्यो रक्तदान : ४० जना द्वारा रक्तदान

के-पी- घिमिरे/
नेपालगन्ज , जेठ ,१९-
गर्मी बढी रहेको बेलामा बाँके जिल्लामा बिरामीहरुको सङ्ख्या बढिरहेको र नेपाल रक्त सञ्चार बाँकेमा रगत अभाव भएको अवस्थामा बाँके मेलानले रक्तदान गरेको छ। बाँके मेलानका अध्यक्ष रमेश जि-सी-को अध्यक्षतामा, नेपाल चिकित्सक संघ भेरी कि सचिव तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर प्रयोगशाला प्रमुख डा-प्रज्ञा गौतमको प्रमुख अतिथि, मेलानका केन्द्रीय सदस्य केशव ज्ञवाली,शंकर, भण्डारी , लगायतका व्यक्तिहरुको अतिथिमा कार्यक्रम गरिएको थियो ।

नेपाल चिकित्सक संघ भेरी कि सचिव डा- प्रज्ञा गौतमले बाँके मेलानले सामाजिक कार्य गर्दै अाईरहेकोमा खुशी व्यक्त गर्नु भएको थियो । उहाँले मेलानसंग चिकित्सक संघ हातेमालो गरी काम गर्न तयार रहेको र अावश्यक सहयोग पनि गर्ने बताउनु भएको थियो । कार्यक्रमका अध्यक्ष रमेश जि-सी-ले मेलानले बिभिन्न सामाजिक कार्य गर्दै अाईरहेको जस्तै निशुल्क स्वास्थ्य शिविर , बाढीपीडितहरुलाई सहयोग, बृद्ध बृद्धाहरुलाई फलफूल वितरण गरेको बताउनु भयो ।

उहाँले रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने रक्त सञ्चार बाँके, बिभिन्न संघ संस्थाबाट रक्तदान गर्न अाउनु भएका रक्तदाता, मेडिकल कलेज कोहलपुर सबैलाई धन्यवाद दिदै सधैंभरि सहयोग गर्न अाव्हान गर्नु भयो । उक्त कार्यक्रममा ४० जनाले रक्तदान गरेको अध्यक्ष जि-सी- ले बताउनु भएको छ । कार्यक्रम सञ्चालन बाँके मेलानका उपाध्यक्ष प्रसन्न मिश्रले गर्नु भएको थियो ।