माओवादी नेता आचार्यले देश टुक्रिन भएन, ५ प्रदेश टुक्रेर केहि हुन्न भनेपछी स्थानिय द्धारा ढुङामुडो

अराज सिंह वेल्वासे,
कपिलवस्तु,पुस २९-अर्घाखाँची जिल्लामा भएको महोत्सवको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपछी युवाहरुले अर्घाखाँचीको सदरमुकाम ग्रिन ईङलिस वोर्डिङ पछाडि नजिकै रहेको महोत्सव स्थलमा ढुगांमुढा गरेका हुन ।

त्यस्तै उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्र्याएपछि र्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने अभिव्यक्ति दिएका ऊर्जा मन्त्री नार्दन शर्मा युवाहरुको घेराबन्दीमा परेका छन् । आजबाट सुरु अर्घाखाँची महोत्सव उद्घाटनका लागि पुगेका बेला शर्मा स्थानीय युवाहरुको घेराबन्दीमा परेका हुन् ।

सन्धिखर्क पुगेर पाँच नम्बर प्रदेश टुक्राइनु जायज भएको भन्दै उनले अर्घाखाँचीबासीलाइ पोखरा जान सुरुङमार्ग बनाइने बताएपछि स्थानीयबासी आक्रोशित भएका थिए । स्थानीयबासीको घेरामा परेका शर्मालाई सुरक्षाकर्मीले कायक्रमस्थलबाट निकालेका हुन । मन्तव्य पनि दिन नपाएका उनलाई कार्यक्रमस्थलबाट निकाल्न सुरक्षाकर्मी खटाइए पनि युवाहरुसँग घम्साघम्सी पर्ने अवस्था आएको छ ।