श्री गणेश खुकुरी एफसी र स्माइल्स रेमिटको सहकार्यमा फुकुओकामा १० औं समर कप हुदैँ

विजेताले ६ लाख बढी पुरस्कार राशि पाउने ।।

फाईल तस्विर

टोकियो,भाद्र,२-श्री गणेश खुकुरी एफसीको आयोजनामा जापानको फुकुओकामा १० औं समर कप फुटसल प्रतियोगीता हुने भएको छ।

सेप्टेम्बर ५ तारिख अर्थात भदौ २० गते शनीबारका दिन डिनोज क्लब (Dino’s Club)को खेल मैदानमा हुने प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा स्माइल्स मोबाइल रेमिट्यान्स (Smiles Mobile Remittance) रहेको छ।

श्री गणेश खुकुरी एफसीले आज भन्दा १० वर्ष अगाडी पहिलो पटक नेपाली समुदायबिच फुकुओकामा फुटसल प्रतीयोगीताको आयोजना गरेपछि पछिल्लो समय फुकुओकामा अध्ययन र विभिन्न भिषामा आएका नेपाली खेलाडीहरुका लागी फुटसलको हब बन्दै गएको छ। 

खेलले हामी बीच सद्‌भाव कायम गर्ने भएकोले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनी प्रवासमा रहेका नेपाली समुदायहरु बिच भाईचाराको सम्बन्धलाई अझ प्रगाढ राख्न प्रतियोगिता गरिएको टिमका सह-म्यानेजर प्रदिप राईले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

उहाँका अनुसार प्रतियोगितामा मुख्य प्रायोजकको रूपमा स्माइल्स मोबाइल रेमिट्यान्स (Smiles Mobile Remittance) रहेको हुदाँ यस वर्ष सर्वाधीक राशीको पुरस्कार राखिएको बताउनुभयो।

“उहाँले भन्नुभयो” उक्त प्रतियोगिताको विजेताले ६,२२,२२२ येन र उपविजेताले २,५५,५५५ येन पुरस्कार प्राप्त गर्नेछन्।साथै, सेमिफाइनल पुग्ने दुवै टोलीलाई ट्रफी र मेडल प्रदान गरिनेछ।

प्रतियोगितामा विभिन्न व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत नगद रु ५,००० सहित ट्रफीको व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागिता हुन चाहाने टिमले अगष्ट २८ तारिख सम्म क्लवको नाम दर्ता गराईसक्नु पर्नेछ।टिम दर्ताको लागी दर्ता शुल्क ४५ हजार येन बिमासहित तोकिएको आयोजकले जनाएको छ । 

प्रतियोगिताको बारेमा विस्तृत रुपमा बुझ्न परे तल दिएको आधीकारिक व्यक्तीलाई सम्पर्क गर्नुहोला।

सम्पर्कका लागि:

 इन्द्र घले: 080 3977 0853

 प्रदिप राई: 080 2690 1609

 सञ्जीव राना मगर: 070 4711 6956

 आशिक गुरुङ: 070 1807 9457

फाईल तस्विर