आज वि.पी को ३५ औं जन्मदयन्ती मुलुकभर विभिन्न कार्र्यक्रम गरि मनाइदै

काठमाडौं,साउन,६-

जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृती दिवस आज मुलुकभर विभिन्न कार्र्यक्रम गरि मनाइदै छ । बिपी स्मृति दिवसका अवसरमा काँग्रेस, भातृ संस्था र बिपी संग्राहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । सुवर्णशम्शेरलगायत राणा परिवारबाटै विद्रोह गरी विसं २००५ मा स्थापना भएको नेपाली प्रजातन्त्र काँग्रेससँग २००६ साल चैत २६ गते एकता भएपछि सशस्त्र क्रान्तिको घोषणा भयो ।

यही क्रान्तिले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना ग¥यो । यसपछि बनेको राणा काँग्रेस सरकारमा कोइराला गृहमन्त्री बन्नुभयो । विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो ।

जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उहाँको स्मृति दिवस विभिन्न संस्थाले विविध कार्यक्रम गरी आज मनाउँदैछन् ।