नेपालगन्जमा भोलि देखि ४ औ हिसानकप खेलकुद प्रतियोगिता हुँदै

नेपालगन्ज, फाल्गुन,१३-
भोली देखि बाँकेको नेपालगन्जमा ४ औँ हिसान कप खेलकुद प्रतियोगिता हुने भएको छ ।

सोमबार नेपालगन्जमा बसेको बैठकमा १४ गते देखि सन्चालन हुने टुङ्गो लागेको हो।
निजि विद्यालयको संगठन हिसान बाँके/बर्दियाको आयोजनामा भोलीदेखी नेपालगन्जमा हिसानकप खेलकुद प्रतियोगीता हुने भएको हो ।

प्रतियोगितामा बाँकेका १५ र बर्दियाका १ बिद्यालय गरि जम्मा १६ बिद्यालयले भाग लिने भएका छन । प्रतियोगितामा केटा तर्फ फुटबल, केटा/केटिको दुवैका लागि भलिबल र ब्याडमिन्टन खेल हुने छन ।

नेपालगन्जमा बसेको बैठकमा बोल्दै हिसानका केन्द्रीय उपाध्यक्ष ईश्वर प्रसाद पोखरेलले खेलको माध्यम पनि विद्यालयको चिनारी बन्न सक्ने भन्दै सबै विद्यालयले हिसानकपलाई अवसरका रुपमा लिन आग्रह समेत गर्नुभयो ।

प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थिहरुले भाग लिन पाइने हिसान बाँके/बर्दियाका अध्यक्ष डा.अवनिन्द्र मिश्रले जानकारी दिनुभयो । बाँके/बर्दियामा २०६७ सालमा स्थापना भएको हिसानले यस अघि ३ वटा प्रतियोगिता सम्पन्न गरीसकेको छ ।

विगतका प्रतियोगीता भन्दा पनि यस पटकको प्रतियोगिता स्तरीय हुने हिसानका प्रमुख सल्लाहकार सुमन गौतमले जानकारी दिनुभयो । फाल्गुन १४ गते देखि सुरु हुने प्रतियोगिता १७ गते सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने विद्यालयलाई मेडल , प्रमाणपत्र सहित आकर्षक पुरस्कार समेत दिइने बांके/बर्दिया हिसानका सचिव नारायण उपाध्यायले जानकारी दिनु भयो।