दाङमा पहिलोपटक मिस एसइइ हुने

रोशन घर्ती/

दाङ,बैशाख,९-

दाङमा पहिलोपटक मिस एसइइ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडमीको संयुक्त आयोजनामा आगामी जेठ ३ गतेदेखि यो कार्यक्रम शुरु हुने भएको छ । दाङबाट एस इइ दिएका युवतीहरुले यस प्रतियोगितामा भाग लिन पाउनेछन् ।

प्रतियोगिताको विजेतालाई गोरखा स्कूलले १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति प्रदान गर्ने भएको छ भने उत्सर्ग कलाकेन्द्रले तीन महिनासम्म निःशुल्क संगीत, नृत्य एवं गिटार प्रशिक्षणको अवसर प्रदान गर्ने भएको छ । साथै एउटा म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने छ ।

जेठ ३ गते अडिसन पश्चात् छनौट भएका युवतीहरुलाई व्यक्तित्व विकाससम्बन्धी १० दिने विशेष तालिम दिइने कार्यक्रम निर्देशक केएल पीडितले बताउनु भयो । युवतीहरुको बौद्धिक एवं सिर्जनशील विकासमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम शुरु गरिएको आयोजकहरुले बताएका छन् ।