बर्दियामा स्वास्थ्य जाँच शिबिर सम्पन्न

डम्मर थापा मगर/
बर्दिया,बैसाख,९-

बारबर्दिया नगरपालीकाको जयनगर बजारमा स्थित श्रि अंशुवर्मा माध्यमिक बिधालयको प्रङ्गणमा सनिबार एक दिने स्वास्थ्य जाँच शिबिर सम्पन्न भयको छ ।नेपाल चिकित्सक संघ भेरि अञ्चलसाखाको आयोजनामा उक्त एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरियको हो ।

शिविरमा चिकित्सकहरुमा डा बिनोद कर्ण – प्लास्टिक सर्जन,डा मधु आर्याल – बरिष्ट फिजीसियन,डा रोमा बोहोरा – बरिष्ट बालरोग तथा नवजात शिशु रोग बिशेषज्ञ, डा अभिषेक आर्जेल-छालारोग बिशेषज्ञ,डा धना केसि स्त्रिरोग बिशेषज्ञ , लगायतका चिकित्सकहरुले चेक जाँच गर्नु भयको थियो ।

उक्त एकदिने शिविरमा महिला पुरुष गरि जम्मा ५१३ जनाले चेक जाच गराएका थिय । बिरामीहरुलाई चेक जाच गर्ने क्रममा ५० देखि ५५ जना जटिल समस्या भयका बिरामीहरुलाई नेपालगन्जको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरियको छ ।

त्यसैगरि थाईरोईड, मधुमेय, बिपी ,कार्डियोका बिरामिहरु अधिक रहेको प्याथोलोजिष्ट बिनय चन्द्र गुप्ताले जानकारि गराउनु भयको थियो । नेपाल चिकित्सक संघले यस अघि पनि निशुल्क स्वास्थ्य शिविर गर्दै आईरहेको छ ।