नेकपा एमालेद्धारा कञ्चनपुरमा उम्मेद्वारको टुंगो

इन्द्र कार्की
/ महेन्द्रनगर,१४ कार्तिक       आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरबाट प्रतिस्पर्धा गर्ने उम्मेद्वारको टुंगो लगाएको छ । नेकपा एमाले स्थायी समितिको सोमवार वसेको वैठकले कञ्चनपुरमा एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वारहरुको टुंगो लगाएको हो ।

बाम गठबन्धन बीचको तालमेल अन्र्तगत एमालेले कञ्चनपुरमा २ जना प्रतिनिधि सभा र ४ जना प्रदेश सभा तर्फ उम्मेद्वार चुनावी मैदानमा उतारेको हो । समितिका अनुसार एमालेले कञ्चनपुर क्षेत्र नम्वर ३ मा डा.दीपक प्रकाश भटट्लाई उम्मेद्वार वनाएको छ । भटट् सेना ,सुरक्षा र अन्र्तराष्ट्रिय मामिलाका जानकार मानिन्छन् ।

एमाले विदेश विभाग सदस्य रहेका भटट्को क्षेत्र नं. ३ मा कांग्रेसका उम्मेद्वार रमेश लेखक संग प्रतिस्पर्धा हुने भएको छ । यसै गरि कञ्चनपुर क्षेत्र नम्वर २ मा विधार्थी राजनीति वाट आएका नेता नर वहादुर धामीलाई उम्मेद्वार वनाएको छ । धामी सविधान सभाको दोस्रो निवार्चनमा नेपाली कांग्रसेका बहादुर सिंह थापासंग झिनो मतान्तरले पराजित भएका थिए । सिद्धनाथ बहुमुखी क्याम्पसका स्ववियु सभापति रहेका धामी अनेरास्ववियुका पुर्व कोषध्यक्ष हुन ।

धामीको प्रतिस्पर्धा कांग्रेसका केन्द्रिय सदस्य एन.पि.साउँद संग हुने भएको छ । कञ्चनपुर क्षेत्र नम्वर ०१ मा बामगठवन्धन वाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकि बुहारी विना मगर ले नेपाली कांग्रेसका उम्मेद्वार दिवान सिहं विष्ट प्रतिस्पर्धा गर्नेछिन् । विना नेकपा माओवादी कि नेतृ हुन् , उनी दोस्रो सविधान सभाको निर्वाचनमा समेत उम्मेद्वार वनेकि थिइन् ।

यस्तै नेकपा एमालेले प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्वर १ को “क” मा जिल्ला कमिटी अध्यक्ष तारालामा तामाङ्ग,“ख ” मा अनेरास्ववियु सचिवालय सदस्य तथा विधार्थी नेतृ मर्यादा विष्ट, क्षेत्र नम्वर २ को “ख” मा तत्कालिन सुडा गाविसका पुर्व अध्यक्ष लाल वहादुर खड्का र निर्वाचन क्षेत्र नम्वर ३ को “क” मा पार्टीको सचिवालय सदस्य तथा विधार्थी इन्चार्ज प्रकाश रावललाई उम्मेद्वार वनाएको छ ।

प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्वर २ को “क” र ३ को “ख” माओवादी केन्द्रको भागमा परेको छ । २ को “क” मा महेश जोशी र ३ को “ख” मा मान बहादुर सुनारको टिकट निश्चित भएको बताइएको छ । यसै गरि नेकपा एमालेले कञ्चनपुर बाट समानुपातिक तर्फका उम्मेद्वारहरुको समेत टुंगो लगाएको छ । प्रतिनिधि सभामा निरु पाल र बिना बुढाथोकी र प्रदेश सभामा हिरा सार्की, राम अवतार राना र कमला चौधरीलाई उम्मेद्वार वनाएको छ ।