राष्ट्र संघमा शान्ति सेना योगदान गर्नेमा नेपाल तेस्रो (सूची)

फाईल तस्विर !!
काठमाण्डौं,असार,४-संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचिमा तेस्रो स्थानमा पुगेको छ।
 
शान्ति सेनामा कूल ५ हजार ६ सय ८६ फौज पठाएर सो स्थान हासिल गर्न सफल भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जनाएका छन्।
 
शान्ति सेनामा ६ हजार ३ सय ३४ सैनिक योगदान गरेर पहिलो स्थानमा छ भने इथियोपिया दोस्रो स्थानमा छ। उसले नेपालले भन्दा ३० जना बढी संख्यामा सैनिक पठाएर दोस्रो स्थानमा रहेको हो।
 
त्यसैगरी ५ हजार ९० जना पठाउने रवान्डा र ५ हजार ४ सय ५६ जना योगदान गर्ने भारत चौथो र पाँचौं स्थानमा छन्।
 
शान्ति सेनामार्फत् नेपाली सेनाले द्वन्द्वग्रस्त १२ देशमा शान्ति स्थापनार्थ खटिएको छ। अहिलेसम्म नेपाली शान्ति सेनाले कंगो, सुडान, साउथ सुडान, वेस्टर्न सहारा, इजरायल, लेवनान, माली, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, इराक र लिवियालगायत देशहरुमा शान्ति स्थापनार्थ योगदान पुर्‍याएका छन्।
 
त्यसैगरी, पाकिस्तान, इजिप्ट, इन्डोनेसिया, चीन र घाना क्रमशः छैठौंदेखि दशौं स्थानसम्म रहेका छन्।