दुई दिने खाद्य सुरक्षा सम्वन्धी तालीम कोहलपुरमा सम्पन्न

मधुपौडेल,

बाँके,जेठ,२८-

खाद्य सुरक्षा ,खाद्य अधिकार र पैरवी सम्वन्धि दुई दिने कार्यक्रम बाकेको कोहलपुरमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बाँकेको आयोजना तथा ईयु डिसिएको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।

तालिममा खाद्य अधिकार कृषक महासंघका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कृषि विकास कार्यलय सेवा केन्द्र कोहलपुरका प्रमुख सशिन्द्र शाहीले सहजीकरण गर्नु भएको थियो ।

तालिमको सहजीकरण गर्दै प्रमुख शाहीले खोलिएका खाद्य अधिकार तथा सुरक्षाका संस्थाहरुको दुई वर्षमा नविकरण गर्नु तथा आफुले प्राप्त गरेको ज्ञानलाई आफ्नो छरछिमेकीमा पनि वाड्नु पर्ने बताउनु भएको थियो ।

तालिममा खाद्य सुरक्षा ,खाद्य अधिकार तथा नेपाल सरकारका समाजिका सुरक्षा तथा जनहित सम्वन्धित कार्यक्रमका बारेमा पैरवी गरीएको जनाकारी केन्द्रका फिल्ड अधिकृत लक्ष्मण विकले जनाकारी गराउनु भयो ।

तालिमको निकै उपलब्धि मुलक भएको सहभागि शुसिला विकले बताउनु भयो ।कार्यक्रममा केन्द्रका कोषा अध्यक्ष चन्दन बहादुर सुनार ,पर्यटन पत्रकार संघ बाकेका सचिव मधु पौडेल लगाएतको उपस्थिति रहेको थियो ।