नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको अधिवेशन सम्पन्न

फुकुओका,जापान,जेष्ठ,१३-

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको दोस्रो अधिवेशन सम्पन्न भएको छ । झण्डै एक वर्षअघि स्थापित यस संस्थाले अधिवेशनमार्फत एक वर्षे कार्यकालको समीक्षाका साथै नयाँ कार्यसमिति चयन गरेको हो।अधिवेशनबाट अध्यक्षमा पुनः अर्जुन थापा निर्विरोध चयन भएका छन् भने सल्लाहकारमा सन्तोष थापा चयन भएका छन् ।

प्रथम उपाध्यक्षमा ज्योति केसी, द्वितीय उपाध्यक्षमा दिलेन्द्र जोशी, एलसीआईएफसी कोआर्डिनेटर तथा प्रवक्तामा कृष्णप्रसाद सुवेदी, मेम्बरसिप डिरेक्टर तथा खेलकुद डिरेक्टरमा शंकर केसी, सचिव सूर्यबहादुर कुँवर, सहसचिवमा भागिरथ पौडेल, कोषाध्यक्षमा गुप्तराज न्यौपाने, सह-कोषाध्यक्षमा प्रकाश लामिछाने, सर्भिस चियर पर्सनमा सुदीपमान श्रेष्ठ, क्लब डिरेक्टरमा सुजू थापा ठकुरी, टेमरमा सुनिल श्रेष्ठ, टेल ट्विस्टरमा खेम महतो चयन भएका छन् ।

त्यसैगरी अधिवेशनबाट हेल्थ डिरेक्टरमा सरिता शर्मा, एजुकेसन डिरेक्टरमा अनीश लामा, नेपाल को-र्डिनेटरमा दिलीप लामिछाने, विक्रम कोइराला, श्रुति शाह, कुमामोतो कोार्डिनेटरमा मंजुल बाराही, सानुभाई बिश्वाकर्मा, रामचन्द्र पण्डित, नागोया कोआर्डिनेटरमा लक्ष्मण ढुङ्गाना, दुर्गा माझी, मियाजाकी कोआर्डिनेटरमा कुमार थापा मगर, ओसाका कोर्डिनेटरमा प्रेमप्रसाद कँडेल चयन भएका छन् ।

त्यसैगरी अधिवेशनले मिलन बस्नेत, ध्रुव गैरे, अनिता रिमाल, विकास रोकाया, सन्तोष सापकोटा, सुवास श्रेष्ठ, सञ्जय चौधरी, नविन देवकोटा, विष्णु रानभाटसहित ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।फुकुओका शहरको हकाता सिमीन सेन्टरमा एक भव्य समारोहका बीच सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्लबका सल्लाहकार तथा एनआरएनएआईसीसी सदस्य टंक गैरे, बिशेष अथितिहरुमा हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्म राज अधिकारी ,क्लबका सल्लाहकार लायन छात्र दहल थिय ।

उक्त कार्यक्रममा एनआरएन क्युसुका उपसंयोजक देवराज उप्रेती , फुकुओका नेपाल सोसाइटी अध्यक्ष नबिन अधिकारी , हामी नोपाली हाम्रो नेपाल अभियानका अभियन्ताहरु गायत फुकुओकामा रहेका विभिन्न संघ, संस्थाका प्रतिनिधि, व्यावसायी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सभापति अध्यक्ष लायन अर्जुन थापा ले गरेका थिए भने कार्यक्रम संचालन सचिब लायन दिलेन्द्र जोशीले गरेका थिए ।

कार्यक्रमम प्रमुख अतिथि टंक गैरेले लायन्सको पृष्ठभुमिको बारे जानकारी दिदै नया कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिय।कार्यक्रमामा बिशेष अतिथिहरु धर्म राज अधिकारी र छत्र दाहालले नया कार्यसमितिलाई बधाई दिएका थिय ।क्लवका अध्यक्ष अर्जुन थापाले क्लब स्थापना काल देखि एक बर्षे कार्यकालमा सहयोग सम्पूर्णलाइ धन्यवाद व्यक्त गर्दै आगामी कार्यकालमा अझ राम्रो कार्य गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे ।