बद्रीलाई छुटाउन जनार्दनलाई ओलीको दवाव

काठमाडौं,साउन,४-
पछिल्लो समय सही पनि एमाले मै पनि एमाले भन्ने गित गाएर थप चर्चामा रहेका जुवाको खालबाट पक्राउ परेका गायक बद्री पंगेनीलाई हिरासतमुक्त गर्न गृहमन्त्री जनार्दन शर्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दवाव दिएका छन् । पंगेनीलाई तत्काल छाड्न अध्यक्ष ओलीले गृह मन्त्री शर्मालाई दवाव दिएका हुन् ।

पंगेनी पक्राउ परेको सार्वजनिक भएको केहीबेरमै ओलीले फोन गरेर दवाव दिएको गृह श्रोतले जनाएको छ । ओली निकट श्रोतले पनि गृहमन्त्रीलाई आग्रह गरिएको बताएको छ । उनी अध्यक्ष रहेको प्रतिष्ठानको बैठक अहिले उनको उपस्थीति विना बस्न लागि रहेकोछ ।

पंगेनी प्रहरी हिरासतमै रहेकाले बरिष्ठ उपाध्यक्ष रमेश विजिको अध्यक्षतामा बैठक बस्न लागेको हो । गायक पंगेनीले आफु पक्राउ नपरेको र प्रतिष्ठानको बैठकमा रहेको भन्दै संचारकर्मी र सुवेच्छुकहरुलाई ढाँटेका छन् । तर प्रतिष्ठानका पदाधिकारी र प्रहरी अधिकारीहरुले भने पंगेनी हिरासतमै रहेको दावी गरेका छन् ।

लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष समेत पंगेनी मंगलबारराती काठमाडौंको बाँसबारी क्षेत्रबाट पक्राउ परेका हुन् । जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेको महाराजगंज प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले २ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।

जुवा खेलेको हेर्न जादाँ आफू पक्राउ परेको पंगेनीले बताएका छन् । तर उनका निकटस्थहरुले भने उनी लामो समयदेखि यस्तै कार्यमा संलग्न हुदै आएको बताएका छन् । उनी काठमाडौका अधिकांश क्यासिनोका पनि ग्राहक भएको निकटस्थहरुको भनाई छ ।

अधिकांश समय जुवामा विताउने गरेकै कारण अहिले सम्म कमाएको पैसाको ठोस उपयोग पनि गर्न नसकेको भन्दै उनका निकटस्थहरुले पहिले देखि नै संझाउने गरेका थिए । उनी अहिले काठमाडौको धापासीमा रहेको ससुरालीमा बस्दै आएका छन् । त्यस बाहेक उनले लैनचौरमा डेरा पनि लिएर राखेका छन् ।साभार : हाम्रो जनसन्देश साप्ताहिकबाट ।।