प्रादेशिक महोत्सव नेपालगन्जमा हास्यकलाकार दिपेद्र वलिले पेट मिचिमिची हँसाए

नेपालगन्ज,फाल्गुन,२१-
पछिल्लो समयका जल्दाबल्दा हाँस्यकलाकार दिपेन्द्र वलिले मंगलबार आज प्रादेशिक महोत्सव नेपालगन्जमा आफ्नो कमेडी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका छन।

करिव ११३ वटा आवाज सङ्गै क्यारिकेचर गर्न सक्ने कलाकार वलिले विभिन्न चर्चित व्यक्तिको नक्कल गर्दै स्टेज उक्लेका थिए।

करिव ४५ मिनेट जति आफ्नो कमेडी प्रस्तुतिले दर्शकलाई पेट मिचिमिचि हसाएका थिए। चर्चित भारतीय सिरिएल मोटुपात्लु, चर्चित नेपाली नेता , हास्यकलाकार, विभिन्न जनावर लगाएत चराचुरुङ्गीको आवाज निकालेर दर्सकलाई लठ्याएका थिए।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुन १९ गते देखि २९ गते सम्म लाग्ने महोत्सवको चौँथो दिन भोलि बुधवार चर्चित गायक राजेशपाएल राई, प्रकाश सपूत लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।