नेपालगन्जमा अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगिता शुरु

नेपालगन्ज,फाल्गुन,२१-
नेपालगञ्जमा आजदेखि प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगिता २०७५ शुरु भएको छ ।

बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा मंगल प्रसाद माविमा जारी प्रतियोगिताको उद्घघाट्न खेलमो वेष्टजोन मावि नेपालगन्ज ६ विकेटले विजयी बिजयी भएको छ ।

खेलमा टस जितेर व्याटिग गरेको सरस्वतीले १२ ओभरमा १०५ रन बनाएको थियो । उसका लागि प्रथी ठाकुरले ४२ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।वेष्टजोनका बलर प्रथी पौडेलले २ बिकेट लिए ।

जबाफी व्याटिगमा आएको वेष्टजोनले ११ ओभर ४ बलमा ४ विकेट गुमाएर विजयी लक्ष्य भेटायो । उसका लागि शिल्पा बिकले २७ बलमा ७ चौका मद्दतले ४९ रन बनाइन भने अब्रिन अधिकारीले २० रन योगदान गरिन् । सरस्वतीका बलर दिपा पुन मगर ले ३ बिकेट लिइन् ।

प्रतियोगिता बुधबार मंगल प्रसाद र युनाइटेड तथा सिद्धार्थ र आदर्श माबी भिड्ने छन् । खेलमा ओमेन अफ द म्याच शिल्पा घोषित भए । उनिले नेपालगन्ज मोडेल एकेडेमीले आकर्षक टि सट प्राप्त गरे । प्रतियोगिता अबधीभरी सो स्कुलले टि सर्ट प्रदान गर्ने छ । प्रतियोगितामा १४ माविका महिला टिम सहभागी रहेको छ ।

प्रतियोगिताको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवल शमशेर राणाले बलिङ उपप्रमुख उमा थापा मगरले ब्याडिङर राष्ट्रिय क्रिकेट खेलाडी नेरी थापाले किपिङ गरि प्रतियोगिताको उद्घाटन गरिएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रो हुनेलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने अध्यक्ष दुर्गा वहादुर थापा मगरले ले जानकारी दिनुभयो ।