पहिलो हाफमा त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको बराबरी

काठमाडौं,चैत्र,१५- एएफसी कप-२०२१ प्ले अफको तयारीमा रहेको नेपालको  त्रिभुवन आर्मी क्लबले अहिले किर्गिस्तानको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र किर्गिस्तानले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।खेलको पहिलो मिनेटमै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडर किर्गिस्तानका गोलकिपर प्रियाडकिन अर्तिमले उत्कृष्ट बचाऊ गरे ।

खेलको २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो ।

आर्मीले एएफसीको प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।किर्गिस्तानको टिम भने थ्री नेसन्स फुटबलका लागि नेपाल आएको हो ।आर्मीले एएफसी कप-२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ ।आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ ।