जर्ज प्रिन्स कार्कीको कप्तानीमा आर्मीको टोली घोषणा

फाईल तस्विर !!

काठमाडौं,चैत्र,१५-किर्गिस्तानको युथ टिमविरुद्धको मैत्रीपुर्ण फुटबल खेलका लागि विभागीय टिम आर्मीले जर्ज प्रिन्स कार्कीको कप्तानीमा टोली घोषणा गरेको छ ।एएफसी कपको तयारीमा रहेको आर्मीले किर्गिस्तानसंग आईतबार मैत्रीपुर्ण फुटबल खेल्न लागेको हो ।

दशरथ रंगशालामा हुने खेल केहिबेरमा सुरु हुनेछ । दर्शकका लागि निशुल्क खेल हेर्ने ब्यवस्था एन्फाले मिलाएकाे छ । 

त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न किर्गिस्तान नेपाल भ्रमणमा छ। प्रतियोगिताबाट बाहिरिसकेको किर्गिस्तानको टोलीसंग आर्मीले मैत्रीपुर्ण फुटबल खेल्न लागेको हो ।

कार्कीको कप्तानी रहेको आर्मीको टोलीमा विश्वास चौधरी, दिपक गुरुङ्ग, विकास तामाङ्ग, गौतम श्रेष्ठ, विवेक बस्नेत, सन्तोष तामाङ, सेसहाङ्ग आङ्गदाम्बे, सुमन अर्याल र नवयुग श्रेष्ठ छन् ।

एएफसी क्लब लाईसेन्स भएका कारण आर्मीले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप खेल्ने तयारी गरेको छ ।आर्मीका भरत खवास र विकेश कुथु राष्ट्रिय फुटबल टिममा रहेका कारण टोलीमा अनुपस्थित रहनेछन् ।राष्ट्रिय टिमबाट फालिएका नवयुगलाई आर्मीले मुख्य फरवार्डको रुपमा मैत्रीपुर्ण खेलविरुद्ध उतारेको छ ।