नेपालगंजमा पैरवी तथा जनचेतनामुलक अभियान कार्यक्रम सम्पन्न

राम सुनाम /

बाँके,पुस,१२-

प्रारम्भिक कक्षा पढाईका लागि आज नेपालगन्जमा जिल्ला स्तरमा पैरवी तथा जनचेतनामुलक अभियान कार्यक्रम गरिएको छ । कक्षा १ देखि ३ कक्षासम्मको पढाई सीप बढाउन सचेतिकरणका लागि चेतनामुलक ¥यालीसँगै कार्यक्रम गरिएको हो ।

जिल्ला शिक्षा कार्यालयबाट सुरु भएको ¥याली नगरका विभिन्न भागको परिक्रमा गर्दै जिल्ला समन्वय समितिको कार्यालयमा पुगेरसभामा परिणत भएको थियो । सभामा बोल्ने वक्ताहरुले बालबालिकालाई घरमा अध्ययनको वातावरण उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।

जिल्ला शिक्षा कार्यालय र प्रारम्भिक कक्षा पढाई अभियान कार्यक्रमको संयुक्त आयोजनामा भएको ¥यालीमा अभिभावक, शिक्षक, सम्बद्ध सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवको सभापतित्वमा भएको कार्यक्रममा उपजिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापा, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुलगायतले बोल्नुभएको थियो ।