बौनियांमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

पवन मुडभरी/

बौनियां,पुस,१२-
पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको बर्दगोरीया गाउपालीका २ बौनियांमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

पश्चिमवाट पुर्वतर्फ जांदै गरेको वानटेस्ट मोटरसाईकलको ठक्करवाट साईकलमा सवार बौनीयांका करिव ७३ वर्षिय गणेष प्रसाद जैशीको मृत्यु भएको हो ।

विहान साढे ११ बजेतीर धनगढि निवासी २३ वर्षिय आसिक घिमेरेले चलाएको मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते भएका जैशीको उपचारको लागी नेपालगञ्ज लैजांदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बौनियांले जानकारी दिनुभएको छ ।

मोटरसाईकल चालक र मोटरसाईकल बौनियां प्रहरीको नियन्त्रणमा रहेको छ ।