देवी घर्ती र पुरुषोत्तम गैरेको मौलिक तीज गीत “भुरुरु उडेको चरी” सार्बजनिक

काठमाण्डौं,साउन,२४-बजारमा विभिन्न खाले तीज गीत सार्बजनिक भैरहेको बेला पछिल्लो समयमा अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा प्रस्तुतिमा देवी घर्ती र पुरुषोत्तम गैरेको आवाजमा रहेको मौलिक तीज गीत “भुरुरु उडेको चरी” सार्बजनिक भएको छ ।

सार्बजनिक भएको छोटो समयमै टिकटकमा मा अत्यधिक दर्शकले रुचाएका छन् । भुरूरु उडेको चरी बोलको गितमा पुरुषोत्तम गैरेले लय बनाएका छन्,भने बिमल पौडेलले सब्द लेखेका छन्, अविरल फिल्म्सको दृश्य निर्माणमा तयार भएको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन्,भने सगुन शर्माको श्रीन्गार रहेको छ ।

साथै भिडियोमा सुमन पौडेल, आस्विनी पाण्डे , परि शर्मा , बिनोद खनाल र साधना भण्डारी लगाएतका कलाकारको प्रस्तुति देख्न सकिन्छ ।बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको सम्पादन छायांकन समेत निर्देशक बिष्णु भट्टराईले गरेका छन् भने सुमन पौडेलले कोरियोग्राफी गरेका छन् ।

(पुरा भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।।)