२४ दिनमा डा. गोविन्द केसिको अनसन स्थगित

काठमाण्डौं,माघ,१८-

इलामबाट सुरु भएको डा. गोविन्द केसीको १६ औं अनशन २४ औं दिनमा स्थगित भएको छ । उहाँका अधिकांश माग पूरा गर्दै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि अनशनलाई निरन्तरता दिएका केसीले शुक्रबार साँझ अनशन स्थगित गर्नु भएको हो ।अब डा.केसीले चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाउनुभयो ।

अनसन तोड्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताउनुभयो । विधेयक पास गर्न सरकारले अधिनायकवादी प्रवृत्ति देखाएको भन्दै उहाँले भन्नुभयो, ‘यसरी पारित भएको ऐन हामीलाई स्वीकार्य छैन ।

उहाँले अनसन तोड्न आग्रह गर्ने नागरिक अगुवा, माथेमा कार्यदल र आवासीय चिकित्सकहरुलाई धन्यवाद दिनुभयो ।‘उहाँहरुको भावनालाई सम्मान गर्दै उहाँहरुकै रोहवरमा म १६ औं पटकको आमरण अनसन टुंग्याउने घोषणा गर्दछु उहाँले भन्नुभयो ।अनसन तोड्दा केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिउनु भएको थियो ।