न्युजील्याण्डको उत्तरपूर्वमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गयो

एजेन्सी,असार,४-न्युजील्याण्डमा शक्तीशाली भुकम्प गएको छ । यूएसजीएसका अनुसार बिहिबार न्युजील्याण्डको उत्तरपूर्वमा कम्तिमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गएको जनाएको छ ।

यो केर्माडेक टापुको दक्षिणमा करीव ३३ किलोमिटरको गहिराईमा पराकम्प गएको हो ।

अष्ट्रेलियाको मौसम विज्ञान विभागले अष्ट्रेलियाली मुख्य भूमि, टापु वा त्यस क्षेत्रहरुमा सुनामीको कुनै खतरा नभएको जनाएको छ ।

एनजेड राष्ट्रिय आपातकालीन व्यवस्थापन एजेन्सीले यो शक्तीशाली भुकम्पले न्यूजील्याण्डमा सुनामीको कुनै खतरा नभएको बताएको छ । भुकम्पले के कति क्षति गरेको छ, विस्तृतमा आउन बाॅकि रहेको बताईएको छ ।