आज ‘प्रणय दिवस’ विश्वभर प्रेम साटासाट गरी मनाईंदै

नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिन

14-best-lover-hug-photos14काठमाडौं,फाल्गुन,२-आज (सोमबार) फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) विश्वभर एक आपसमा उपहार साटासाट गरी मनाइँदैछ ।

प्रणय दिवसको अवसरमा खासगरी प्रेमीप्रेमिका परिवार साथिभाइहरु तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गरी प्रेम सद्भाव साटासाट गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन्।विशेषगरी यस दिवसमा रातो गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ ।

युवापुस्तामा बढी लोकप्रिय रहेको यस दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि लिने गरेका छन् ।

खासगरी पश्चिमा देशहरुमा धुमधामसँग मनाईने ‘भ्यालेनटाईन डे’लाई नेपालमा पनि युवा पुस्ताले ठूलै महत्व दिन थालेका छन् ।नेपालमा पनि पछिल्ला केही वर्षदेखि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ।यो दिन प्रेमी-प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।

भ्यालेन्टाइन्स् डे को औपचारिक शुरुवात सन् २६९ बाट रोमनबाट भएको मानिन्छ।यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ।तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।

प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए।तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए।

उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए।सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाँय सुनाएर जेलमा राखे ।

उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स् डे मनाउने गरिएको हो ।