आइटी पढ्न भारत तथा काठमाडौं जानू पर्दैन :नेपालगन्ज कलेजका प्रमुख शाक्य

नेपालगन्ज,जेष्ठ ,०५-


सुचना प्रबिधि(आइटी) पढन चाहाने बिद्यार्थीहरु अब काठमाडौं तथा भारत जान नपर्ने नेपालगन्ज कलेजका प्रमुख विशाल शाक्यले बताउनु भएको छ।

नेपालगन्जको कोरियनपुरमा संचालित नेपालगन्ज कलेजको सहकार्यमा सामाजिक संस्था उडान नेपालले केही दिन अगाडि सम्पन्न गरेको `स्कोप अफ इन्फर्मेसन टेक्नोलोजी `कार्यक्रममा बोल्दै प्रमुख शाक्यले आइटी सम्बन्धी नेपालगन्ज कलेजले काठमाडौं कै लेवलको गुणस्तरीय शिक्षा करिव पाँच वर्ष देखि दिँदै आएको बताउनु भएको थियो।


प्लस  टु पछि टेक्नोलोजी क्षेत्रतिर जान चाहने बिद्यार्थी लाई लक्षित गरेर टेक्नोलोजी सम्बन्धी जानकारी दिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो। जहाँ प्लस टु दिएर बसेका धेरै बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालगन्ज कलेजका प्रमुख तथा आइटी इन्जिनियर विशाल शाक्यले टेक्नोलोजीको स्कोप र टेक्नोलोजी पढ्दाको आफ्नो अनुभव वर्णन गर्नु भएको थियो। कार्यक्रममा बोल्दै उहाँले भन्नू भयो,”आइटी पढ्यो भने कोहि पनि बेरोजगार बस्नु पर्दैन।” अहिलेको जमाना प्रविधिको रहेको छ। प्रविधि बिना मान्छे केही पनि गर्न न सक्ने अवस्था आइसक्यो उहाँले बताउनु भयो।

नेपालगन्ज कलेजका एजुकेसनल डाइरेक्टर निशान्त शाक्यका अनुसार नेपालगन्ज कलेजमा पाँच वर्षदेखि बिएससी सिएस आइटी पढाई हुँदै आएको छ । बिसिए कोर्स पनि गत वर्षदेखि यस कलेजले सन्चालनमा लाएको छ। साथै यस कलेजले एउटा व्याचलाई पास आउट गराइसकेको छ। पास आउट भएका सबै बिद्यार्थीहरु अहिले आइटि सेक्टरमा काम गरि राम्रो कमाई गरिरहेका छन।

कलेजले प्लस टु दिएर बसेका बिद्यार्थी मध्ये आइटी पढन चाहनेहरुका लागि निशुल्क तयारी कक्षा यहि आउँदो जेष्ठ ७ गतेबाट सन्चालन हुन गइरहेको पनि एजुकेसनल डाइरेक्टर शाक्यले जानकारी दिनु भयो।

नेपालगन्ज कलेज त्रिभुवन बिश्व बिद्यालयबाट मान्यता प्राप्त कलेज हो। जहाँ ४ वर्षे बिएससी सिएस आइटी पढनको लागि प्लस टु मा साइन्स पढेको हुनुपर्छ । त्यस्तै प्लस टु मा जुनसुकै बिषयमा पास गरेका बिद्यार्थीले बिसिए पढन सक्ने उक्त कलेजका पृन्सिपल बृजेश वैश्यले बताउनु भयो।