चार हजार अबैध चल्ला सहित दुई जना प्रकाउ

नेपालगन्ज, फाल्गुन,५-
अवैध भारतिय बोइलर कुखुराका चल्ला सहित बाँके प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी निरिक्षक भरत सिंह राठोरको नेतृत्मा खटिएको टोली कोहलपुरको एनसीसीएनबाट ४ हजार बढी बोइलर कुखुराका चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक अमिन सिद्धिकी र ललो गौतम रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानपछि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज पठाइएको छ ।