कलाकार थापा द्धारा स्वतन्त्र उम्मेदवारी घोषणा

रमित बि.क.

बाजुरा,जेष्ठ,१३-

कलाकार लाल बहादुर थापाले स्वतन्त्र बागी उम्मेदवारी घोषणा गरेका छन् । आज एक औपचारीक कार्यक्रमका बीच उहाँले बुढीगंगा नगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।

साविकको ब्रहमतोला गाविस ताम्रामा जन्मिनु भएका थापाले जीवनको ४१ बसन्त मध्ये २६ बर्ष सम्म निरन्तर नेकपा एमालेमा सक्रिय कार्यकर्ता भएर काम गरेपनि आफुलाई अवसरको ढोका

कहिलै नखुलेको भन्दै २०४८ सालको चुनाव,२०५० को मदन र जीवराज हत्या,२०५१ को चुनाव,२०५४ सालको स्थानिय चुनावमा बाजुराका कम्युनिष्ट आन्दोलनमा बाजुरामा गित संगीतको के कति

भुमिका थियो त्यो पनि एमालेको नेताहरुले गुन बिर्सेको,पार्टी स्थापना कालदेखि हालसम्म निरन्तर लागीरहे पनि कहिलै पनि पार्टीले ठाउँ अवसर नदिएको र आफु माथि कहिलै पनि पार्टीले न्याय

नगरेको,पार्टी प्रतिको लगाव,निष्ठा,बलिदानीको कदर समेत नभएको बताउदै आफुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ । उहाँले हार जीत जे भएपनि साविकको ब्रहमतोला गाविसका ३ वटै वडामा पनि स्वतन्त्र उम्मेदवारी रहने समेत उहाँले उल्लेख गर्नुभएको छ ।