काँग्रेसको जीत नै जनताको जीत भएको नेता शाहको भनाई

नेपाली काँग्रेस बुढीगंगा नगरपालिकाको चुनावी सभा सुरु

रमित बि.क.

बाजुरा,जेष्ठ, १३-

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव दिपक बिक्रम शाहले काँग्रेसको जीत भनेको नै समग्र नेपाली काँग्रेसको जीत भएको बताउनुभएको छ । नेपाली काँग्रेस बुढीगंगा नगरपालिकाका मेयरका उम्मेदवार समेत रहेका नेता शाहले प्राकृतिक स्रात साधनको उचित परिचालन गरी बुढीगंगा नगरपालिकालाई समृद्ध र उत्कृष्ट बनाउने दृढ संकल्प आफुले लिएको उल्लेख गर्नुभएको छ ।

आज बुढीगंगा नगरपालिकाको चुनावी सभालाई संबोधन गदै सम्पूर्ण जनताले नेपाली काँग्रेसको रुख चिन्हमा भोट हाली विजय गराउन आग्रह गर्नुभएको छ । चुनावी सभामा बोल्दै नेपाली काँग्रेस बाजुरा पूर्व सभापति नेता मान बहादुर रावलले नेपाली काँग्रेस देशको

सबैभन्दा लोकतान्त्रिक पार्टी भएकाले नेपाली काँग्रेसमा सबै जना अट्न र अटाउन सक्ने र विकास सधैँ अगाडी बढाउन सक्ने भएकाले बुढीगंगा नगरपालिका लगायत समग्र बाजुराका नेपालीका मेयर उपमेयरलाई अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षलाई सबैले विजय गराउन अपिल गर्नुभएको छ ।

साथै नेपाली काँग्रेस बुढीनन्दा नगरपालिकाका उपमेयरका उम्मेदवार तारा खाती थापाले आफु उपमेयर पदमा विजय भएपछि सम्पूर्ण महिलाहरुको हकहितअधिकार रक्षाका लागी कटीबद्ध भएर लाग्ने प्रतिबद्धता जायर गर्नुभएको छ ।

नेपाली काँग्रेस बुढीनन्दा नगरपालिकाको चुनावी प्रचार प्रसार कार्यक्रमको सुभारम्भमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । आज बुढीगंगा नगरपालिका वडा नं. ८,९ र १० मा चुनावी प्रचार प्रसार कार्यक्रम भएको छ । नेपाली काँग्रेसका मेयरका उम्मेदवार दिपक बिक्रम शाहको संयोजकत्वमा उतm कार्यक्रम आजबाट सुरु भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस बाजुरा पूर्व सभापति नेता मान बहादुर रावल,नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव एवंम बुढीगंगा नगरपालिकाका मेयरका उम्मेदवार दिपक बिक्रम शाह,उपमेयर तारा थापा खाती,नेपाली काँग्रेस बुढीगंगा नगरपालिका समन्वय समिति उपसंयोजक टेक बहादुर रावल,बुढीगंगा नगरपालिका वडा नं.७ का

वडा अध्यक्षका उम्मेदवार पूर्ण प्रसाद जैशी,वडा नं.९ का राम बहादुर थापा, वडा नं.१० मा उम्मेदवार मोहन बुढा,नेपाल दलित संघ बाजुराका उपाध्यक्ष धन बहादुर उखेडा,बडिमालिका क्याम्पस फलासैनका स्ववियु उपसभापति तपेश रावलले जानकारी दिनुभएको छ । चुनावी प्रचार प्रसारमा १ सय ५० बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताईएको छ ।