हाम्रो सनातन हिन्दू धर्म नै सनातनी जीवन पद्धति

के.पि खनाल क्षेत्र,

कैलाली,लम्कि, जेठ,१३-
यस आर्यावर्तको ( याँहा आर्य – आर्यहरुको वाचक भएको र आवर्त भनेको तिनीहरुको केन्द्रस्थान रहेकोले यो ठाउँलाई आर्यावर्त भनिएको हो भन्नेकुरा प्रत्येक नेपालीहरुले बुझ्न सक्नु पर्दछ ) प्रमुख धर्म सनातन हिन्दूधर्म हो | यसमा प्राचीनता ,विशालता समेटिन सकेको कारणले गर्दा यसलाई ‘सनातन हिंदू धर्म’ भनिएको हो |

यहूदी , ईशाइ ,मुशाई , ईश्लाम , बौद्ध, जैन ,शिख ,आदि धर्महरु जस्तो हिन्दूधर्म कुनै पोप या पेगम्बर वा कुनैव्यक्ति विशेषद्वारा स्थापित धर्म होइन | यो श्रिष्टिको प्रारम्भिक कालदेखि आजसम्म न्यूनाधिक रुपमा निरन्तर चलेर आएको कारण यसभित्र विभिन्न धर्महरु , मतमतांतरहरु , विभिन्न पन्थ ,आस्था एवं बिश्वाशहरु समष्ठिगत स्वरुपमा रहन सकेको हो |

सनातन हिन्दू धर्मको सेरोफेरो भित्र पुजिदै आएका र तदअनुरुप आराध्य मानिएका भगवान राम ,कृष्ण ,परशुराम ,वामन ,बुद्ध आदि देवी देउताहरुलाई एकछिन पाखा लाउने जमर्को गर्यौं भनेपनि हिन्दू धर्मको सनातन मूल स्वरुपमा कुनै फरक पर्न जाँदैन |

अरु धर्ममा तिनका सम्बन्धित महापुरुषहरुलाई पाखालाउने प्रयाश गरी हेर्यौं भने तिनको धर्मको स्वरुपको अस्तित्व लोप हुन् पुग्दछ – चाहे मुशाको यहूदी होस् या येशुक्रिष्टको क्रिस्तान या मोहम्मद पैगम्बरको ईश्लाम होस वा बुद्धको बौद्ध वा महावीरको जैन वा जुरुथुस्त्रको अवेस्ता |

यसको कारण प्रष्ट छ भगवान राम वा कृष्ण या परशुराम आदिको कालखण्ड भन्दा पहिलेपनि सनातन हिन्दू धर्म जिउँदो थियो , आजपनि छ र भोलीपनि रही रहनेछ | यो एक विकासशील धर्म भएको कारणलेगर्दा यसमा विभिन्न कालखण्डमा नयाँ नयाँ आयामहरु थपिंदै गएको चाहीं पक्का हो |

त्यसैकारणले गर्दा यसभित्र आदिमकालका ग्राम देवताहरुदेखि भूत , प्रेत ,पिशाच सम्म , डाकिनी साकिनीदेखि स्थानीय देवीदेउता सम्म , झारफूक, तंत्रमन्त्रदेखि त्रिदेव सहितका तेत्तीसकोटी देवीदेउताहरु सम्म अनि निराकार निर्गूण ब्रह्मदेखि अत्यंत गम्भीर दर्शनसम्म बिनाकुनै अन्तर बिरोध यसभित्र समेटिएर बसेको छ |

हामी सनातानीहरु ठाउँहेरी आफ्नो आस्था र विश्वाश अनुसार सबै देवीदेउताहरुको आराधना ,पूजा आजा पूर्ण श्रद्धाका साथ गर्ने गर्दछौं | सनातन हिन्दूधर्म एकदम स-सानोदेखि बृहद परम्पराहरुको समन्वयको स्वरुपपनि हो |

यसमा एकातिर वैदिक तथा पुराणकालीन देवीदेउताहरुको पूजाआजा गर्ने गरिएको छ भने अर्कोतिर कपालिक , धामी झाँक्री , झारफूक , लासमाथि बसेर गर्ने डरलाग्दो अनुष्ठान , सम्झिँदै जिउ सिरिङ्ग गर्ने आराधनापनि गरिने गरिन्छ | मानव मंस भक्षणदेखि पशु बलि दिने सम्म , नाङ्गा नागा बाबादेखि धूर्त पाखण्डी गेरु वस्त्रधारी र श्वेत्वस्त्रधारीहरुहरुसम्मपनि यसैभित्र समेटिएर बसेका छन |

भक्तिरशका भक्तहरुदेखि अनीश्वर अनात्मवादीहरुसम्म र एकेश्वर मान्नेदेखि वहुईश्वर मान्नेसम्म , वेदान्त दर्शनदेखि लोकायत ( चार्वाक ) दर्शनसम्मका नास्तिकहरुपनि गुजुल्टिएर रहेका छन् | सनातन हिन्दू धर्मभित्र विरोधी सिद्धान्तहरुपनि अँटाएका छन् |

त्यसकारण सनातन हिंदूधर्मको विशाल छाहारीमा आर्य समाजी जस्ता धूर्त पाखण्डीहरु , गेरुवस्त्र भिरेर छद्म रुपमा रहेका ईशाई र यवनहरुपनि समेटिन पुगेका छन | यहिनै सनातन हिन्दू धर्मावलम्वीहरुको उदारता, सर्वधर्मसमभाव, समन्वयशीलता र धार्मिक सहिष्णुताको उत्तम नमूना हो भने यसको ठूलो कमजोरीपनि आजको दिनमा यही देखिन पुगेको छ   ।

हिन्दू धर्मको श्रोत :-

सनातन हिन्दू धर्मको परम्परा केलाउनु पर्यो आज भन्दा १,९५,५८,८५,११८ बर्ष अघि यस श्रिष्टिको प्रारम्भिक चरणतिर पुग्नु पर्ने हुन्छ जतिखेर परमात्मावाट वेद ज्ञान ऋषि मुनिहरुले पाउने गरेका थिए | गुरुकुलीय पद्धतिबाट कर्म र क्षमता अनुसारको वैदिक ग्यान उपलब्द गराउने यस पद्धतिको ध्येय थियो |

यसर्थ तत्कालिन समयमा कर्म अनुसारको वर्ण व्यवस्था स्थापित हुन पुगेको थियो | त्यसैले आज सम्म सनातन हिन्दू धर्मको मूलश्रोत वेदलाईनै मान्ने गरिएको हो | यस पद्धति भित्र वेदमन्त्रदेखि झारफूकसम्म गर्ने गरिन्छ | यस पृथ्वीका तमाम जड र चेतन चिजहरुको महत्व सनातन हिंदू धर्मले संरक्षण गरिदिएको छ |

यस स्थावर जंगमका तमाम चिजविजहरु मध्येका पशुहरु ,चरा चुरुंगीहरु , द्दौराली ,पाखापर्वतहरु , नदी हिमालहरु , वन जंगलहरु , मष्ट मरुतहरु सबै पूजित हुन पुगेका छन् | यही विशेषताहरुको कारणले गर्दा सनातन हिंदू धर्म प्रकृति पूजक, एकेश्वरवादी हुँदै बहुदेववादी हुन पुगेको हो | यज्ञादी अनुष्ठानमूलकबाट मूर्ति पूजक बन्न सकेको हो |

प्राङ्गैतिहाँसिककालमा यस ब्रह्माण्डको प्रत्येक भौतिक तत्त्वहरुकोलागि विशेष अधिष्ठातृ देवी देउताहरु रहेका मानिन्थे | वरुण, पूषा, मित्र, सविता, सूर्य, अश्विन, उषा, इन्द्र, रुद्र, पर्जन्य, अग्नि, वृहस्पति, सोम आदिको अजेय शक्ति र प्रभूत्व स्वीकारिएको थियो | उतिवेला देवी देउताहरुको आह्वान ,उपासना र आराधना यज्ञमा मंत्रोच्चारण गरेर गर्ने गरिन्थ्यो |

त्यतिखेर मंदिरहरु थिएनन भन्दा त्यसकालमा ईश्वरको साकार रुपको पूजा गर्ने चलन थिएन | उपनिषदकालको प्रवेश भएपछि हिन्दू धर्मको दार्शनिक पक्षको विकास भएर गयो | दार्शनिककालमा एकेश्वरवादको अवधारणा दह्रो भएर स्थापित हुन पुग्यो | ईश्वरलाई अजर अमर, अनादि, सर्वत्रव्यापी यस स्थावर जन्गममा सर्वत्र व्याप्त मानिन थालियो |

सांख्य, मीमांसा, वैशेषिक, न्याय, योग, र वेदान्त जस्ता वैदिक तत्वज्ञानले परिपूर्ण भएको दर्शनहरु षडदर्शन (महर्षि कपिलको सांख्य दर्शन, ऋषि पतञ्जलीको योगदर्शन, महर्षि जैमिनीको पूर्व मिमांसा, महर्षि व्यासको बेदान्त, महर्षि कर्णादको वैशेषिक दर्शन र महर्षि गौतमको न्याय दर्शनको ) उदय हुन पुग्यो |

विश्वको सबैभन्दा पुरानो र आधुनिक युगको उत्तम दर्शनहरुमा यिनैको वाहुल्यता रहन गएको छ | यी सबै दर्शनहरुको उत्पत्तिक्षेत्र हिमवतखण्डमा पर्ने हाम्रै नेपाल नै रहेको मानिन्छ | त्यसपछि धर्म ,अर्थ ,काम र मोक्ष जस्ता चार सिद्धान्तले जीव, जगत र कल्याण (शिव)