‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं,फाल्गुन,२०-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछन् ।

शनिबार च्यासल मैदानमा दिउँसो साढे दुई बजे नेपाल पुलिस क्लब र ए डिभिजनको नवप्रवेशी चर्च व्याइज युनाइटेडबीच खेल हुँदा दशरथ रंगशालामा सोहि समयमै एपीएफ क्लब र थ्रीस्टार क्लब भिड्नेछन् ।

यसैगरी, साँझ साढे ५ बजे मनाङ्ग मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

शुक्रबारबाट सुरू भएको लिगको उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटारले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा खेलमा फ्रेन्ड्स क्लबलाई १–० ले हराउँदै खुमलटारले सुखद सुरुवात गरेको हो ।

तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग यसपालि डबल राउण्ड रोबिनका आधारमा २५ जेठसम्म चल्नेछ ।