मनाङ, जेठ,१-
हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको छ । चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी हुनुभएको छ ।उनले १६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि परिन् ।
मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक भएको जिल्ला अध्यक्ष त्रिपल पी गुरुङले बताउनुभयो ।