मतगणना अपडेटःहालको परिणाम

 काठमाडौं, जेठ १ –

आईतबार भएको पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्नपछि केही ठाउँमा हिजै रातिबाट मतगणना थालिएको छ। केही ठाउँको मतपरिणाम आउन थालेको छ भने केही ठाउँमा अहिले विहान सर्वदलीय बैठकपछि गणना थालिने भनिएको छ।

अहिलेसम्म ललितपुर महानगरको मतगणना थालिएको जानकारी आएको छ। काठमाण्डौं, चितवन, पोखराको मतगणना हुन बाँकी छ। त्यहाँ सर्वदलीय बैठकपछि मतगणना थालिने बताइएको छ।

 

हालको परिणाम

-मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकबहादुर घले बिजयी।
—रुकुमको सानी भेरी नगरपालिका—१ मा माओवादी केन्द्रका टंकबहादुर पुनसहितको प्यानल सानी भेरी नगरपालिकाका बाँकी सबै ठाउँमा मतगणना जारी छ। हालसम्म मेयरमा माओवादी केन्द्रले ४ सय ४ मत ल्याएको छ भने कांग्रेसले १ सय १६ र एमालेले १५ मत पाएको छ।

—ललितपुरको महाँकाल गाउँपालिका वडा नम्बर ६, ठूला दुर्लुङमा नेकपा एमालेका रामकृष्ण आचार्य विजयी भएका छन्। आचार्यले ३६१ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुलाल श्रेष्ठले २७३ मत ल्याएका थिए।

—जाजरकोटको शिवालय गाउँपालिका—१ मा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ। पुनले २६१ मत ल्याएर विजयी भएका हुन्।

कस कअग्रता कहा
—नेकपा एमालेले काठमाडौंको कीर्तिपुर, धादिङको धनुवेशी, मकवानपुरको थाहा, काभ्रेको बनेपा, नवलपरासीको मध्यविन्दु, म्याग्दीको बेनी नगरपालिका र कास्कीको थाहा गाउँपालिकामा अग्रता लिएको छ।
—नेपाली कांग्रेसले ललितपुर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, रुकुमको मुसिकोटमा अग्रता लिएको छ।
—नेकपा(माओवादी केन्द्र) ले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा अग्रता लिएको छ।

—सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

—मकवानपुरको मनहरि गाउँपालिकामा एमालेको अग्रता ।

नेपालखवरबाट