नेपाल चिकित्सक संघ बाँकेले “एनएम ए” पार्क बनाउने

नेपालगन्ज , जेष्ठ ,१८-


नेपाल चिकित्सक संघ भेरी शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ पुरानो जिल्ला शिक्षा कार्यालय अगाडि सुर्खेत रोडमा एन एम ए पार्क बनाउने भएको छ ।

अाज शनिबार एक कार्यक्रम गरी उक्त पार्कको नेपालगन्ज उपमहानगरपालिका मेयर डा- धवल शमशेर राणा, नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा- सुरेश कुमार कानोडिया, भेरी प्रदेश अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा- रुपानन्द अधिकारी र नेपाल चिकित्सक संघ बाकेका अध्यक्ष तथा ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका संयोजक डा- बिनोद कर्णले संयुक्तरूपमा पार्कको शिलान्यास गर्नुभएको थियो ।


उक्त पार्क लगभग ८ लाखको लागतमा बनाउन लागेको जसको ५०% प्रतिशत रकम नेपाल चिकित्सक संघ बाकेले व्यहोर्ने र अरु ५० प्रतिशत रकम अन्य संघसंस्था , व्यक्तिहरु दाताको रुपमा सहयोग गर्ने नेपाल चिकित्सक संघ बाँकेका अध्यक्ष डा- बिनोद कर्णले बताउनुभयो ।

पार्क निर्माण गर्नका लागि नेपालगन्ज मेडिकल कलेल शिक्षण अस्पताल नेपालगन्जमा २०१२ मा अध्ययनरत एम-वि-वि-एस – व्याचका विद्यार्थीहरुले तत्कालीन समयमा अध्ययनरत बिद्यार्थी सडक दुर्घटनामा ज्यान गुमाएकी अनिताको संझनामा अनिता फाउन्डेसन, कानुनी व्यवसायी विश्व जित तिवारीले फ्रि वाईफाई, नेपाल स्पोर्ट्स हाउसले ५ बोरा सिमेन्ट , स्वयं डा- बिनोद कर्णले २५००० नगद, लगायतका व्यक्ति तथा संघसंस्थाले सहयोग गर्ने वाचा गरेको अध्यक्ष कर्णले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका मेयर डा- धवल शमशेर राणाले पनि उक्त पार्कका लागि सक्दो सहयोग गर्ने बताउनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै नेपालगन्ज मेडिकल कलेजका प्रवन्धक सञ्चालक डा- सुरेश कुमार कानोडियाले उपमहानगरपालिकाले मात्र यस्ता सामाजिक कार्य गर्ने नभई अाम सम्पूर्ण व्यक्तिहरुबाट सरसफाइमा र विकासका काममा ध्यान दिनुपर्नेमा जोड दिनु भएको थियो ।

सामाजिक अभियन्ताका रुपमा चिनिनु भएको डा- बिनोद कर्णले नेपालगन्ज उपमहानगरपालिका लाई हराभरा बनाउनका लागि ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका तर्फबाट ५ हजार बिरुवा रोप्ने उदघोष गर्नुभएको थियोे ।

कार्यक्रममा अध्यक्षता नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष तथा ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका संयोजक डा- बिनोद कर्ण, प्रमुख अतिथिमा नेपालगन्ज उपमहानगरपालिका मेयर डा- धवल शमशेर राणा, बिशिस्ट अतिथिमा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका प्रवन्ध सञ्चालक डा- सुरेश कुमार कानोडिया, भेरी प्रदेश अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा- रुपानन्द अधिकारी रहनु भएको थियो।

अतिथिहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नं१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदी , वडा नं १८ का वडा अध्यक्ष दिपक कुमार वर्मा, समाजसेवी कृण्णा पाण्डे , बासका निर्देशक नमस्कार शाह, नेपाल चिकित्सक संघ बाँकेका कोषाध्यक्ष डा- नवीन उपाध्याय,समाजसेवी हेमन्त काफ्ले, विभिन्न मिडियामा कार्यरत पत्रकार लगायत अन्य व्यक्तिहरु रहनु भएको थियोे ।