नेपाल ट्रेड युनियन महासंघ जिफन्टले दियो दक्षता विकास तालिम

नेपालगन्ज,जेष्ठ,१८-


नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश नं ५ ले अाज जिफन्ट अन्तर्गतका नेता तथा कार्यकर्ताहरुलाई दक्षता विकास तालिम दिएको छ।

नेपालगन्ज अौद्योगिक क्षेत्रको सभा हलमा दक्षता विकास तालिम जिफन्टसंग अाबद्द नेता तथा कार्यकर्ताहरुलाई उक्त तालिम दिइएको हो।

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ५ का संयोजक कमल गौतमको प्रमुख अतिथिमा उक्त तालिम सम्पन्न भएको हो । कार्यक्रममा अहिले नेपाल सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषको बारेमा, सामाजिक सुरक्षा कोष लागू गर्न जिफन्टले गर्नुपर्ने भूमिका , सम्पूर्ण कलकारखाना, उद्योग , अस्पताल , होटल लगायतका क्षेत्रमा काम गर्ने श्रमिकहरुले कसरी अा अाफनो काम गर्ने क्षेत्रमा कसरी मागपत्र पेश गर्ने, कसरी सामुहिक सौदावाजी गर्ने लगायतका विषयमा स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा बोल्दै जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले अाउदो असार महिना सम्म रोजगारदाताहरु सामाजिक सुरक्षा योजनामा दर्ता नभएमा त्यस्ता रोजगारदातालाई ट्रेड युनियनहरुले सहयोग नगर्ने बताउनु भयो । सम्पूर्ण मजदुरहरलाई ट्रेड युनियन महासंघको सदस्या लिई बढी भन्दा बढी लाभ ल्याउनका लागि उहाँले अनुरोध गर्नु भएको थियो ।

अाजको क्षमता विकास तालिमको अध्यक्षता नेपाल ट्रेड युनियन महािंघ जिफन्टका बाँके जिल्ला संयोजक टि-एन-रावत, विशिष्ट अतिथिमा वरिष्ठ युनियन सञ्जालका केन्द्रीय सदस्य केशब गिरी रहनु भएको थियो।

त्यस्तै अतिथिहरुमा अो-एच-एस-कमिटी केन्द्रीय सदस्य सुमन गिरी, युवा केन्द्रीय सदस्य शर्मिला थापा, नेपालगन्ज नगर कमिटी युवाका पदाधिकारी , नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारीले युनियनका केन्द्रीय सदस्य कुश्माखर बश्याल, प्रदेश उपाध्यक्ष रत्ना गिरी, प्रदेश सदस्य गोकर्ण बहादुर शाही , कोहलपुर नगरपालिका जिफन्ट युवा कमिटी अध्यक्ष सरिता राजखान , अापत व्यवस्थापनका प्रदेश सदस्य कृण्ण बहादुर बुढा लगायतका रहनु भएको थियो।

विभिन्न मिडियामा कार्यरत पत्रकार लगायत जपफन्टसंग अाबद्द नेता तथा कार्यकर्ताको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं ५ का सचिवालय सदस्य पुर्ण बहादुर के-सी- ले गर्नु भएको थियो भने सुमन गिरीले सामाजिक सुरक्षा योजनाको बारेमा प्रोजेक्टरबाट अाफनो प्रस्तुति दिनुभएको थियोे ।