इन्टर हाउस हाजिरी जवाफ प्रतियोगिता आदर्श माविमा : प्रथम ग्रीन हाउस

नेपालगन्ज,जेष्ठ ,१८-


शैक्षिक गुणस्तरका लागि अनवरत रुपमा खटिरहेको ग्रुपद्वारा संचालित आदर्श मावि नेपालगन्जमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता गराएको छ।

प्रतियोगिता ६ देखि १० कक्षा सम्मका चारवटा हाउसबिच गराइएको थियो। जस मध्ये बबिन आचार्यको हाउस ग्रीन हाउस प्रथम, दिपसना घिमिरेको हाउस एलो हाउस द्वितीय , अमिशा सिंहको हाउस ब्लु आउस तृतीय र रेड हाउस चौँथो भएको छ। प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय र चौँथो हुने हाउसका सदस्यहरुलाई आदर्शका चिफ डाइरेक्टर इश्वर पोखेरेल, आदर्शका पृन्सिपल विरभान केसी र एकेडेमिक एड्भाईजर प्रकाश लामिछानेले संयुक्त रुपमा अबिर लगाएर प्रमाणपत्र वितरण गर्नु भएको थियो।

आदर्शकी शिक्षिका अन्जली जैनले सन्चालन गर्नुभएको कार्यक्रमको सहजीकरण शिक्षक रामजित चौंधरी, शिक्षिका अर्चिता क्षेत्री र यशोदा बस्नेतले गर्नुभएको थियो।

हाजिरी जवाफ संगै आदर्शमा २ देखि ४ कक्षा सम्म समाचार वाचन, एलकेजीमा गायन, युकेजिमा इङलिस रिडिङ र १ कक्षामा पजल गेम खेलाइएको थियो। विद्यार्थीहरुलाई पढाईको साथ साथै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने उद्देश्यले आदर्शमा हरेक शुक्रबार विभिन्न कार्यक्रमको आयोजना हुने आदर्शका पृन्सिपल विरभान केसीले बताउनु भयो।
विद्यालयमा प्रत्येक शुक्रबार हुने अतिरिक्त विभिन्न कार्यक्रमहरुले गर्दा आफ्नो व्यक्तित्व विकासमा धेरै सहयोग गरेको विद्यार्थीहरुले बताए।