आजको राशिफल ।। माघ ३ गते मंगलवार

काठमाडौं,माघ,३-आज विक्रम संवत २०७९ साल माघ महिनाको २ गते मंगलवार, (जनवरी १७ तारिख) माघ कृष्ण दशमी तिथी।

आज माघ ३ गते मंगलवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।आँटेको र ताकेको कार्य पुरा होला।परिवारलाई समय दिन सकिनेछ र शुभकार्यको चर्चा चल्नेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ।कुनै कुराले मनमा उत्साह छाउनेछ।वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।प्रेमीको सहयोग पनि मिल्नेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ।आर्थिक क्षेत्र सामान्य नै रहनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ।सरकारी निकायबाट सहयोग मिल्नेछ। राजनैतिक कार्यमा बाधा पनि आउनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन कुनै समाचारले मनमा शान्ति छाउनेछ।चिताएको कामले तीव्रता लिने र सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन ठीक समयमा सही निर्णय लिन सकिनेछ।सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन।वैदेशिक कार्य सम्पादनमा सहजता मिल्नेछ।शुभकार्यको चर्चा पनि चल्नेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ।आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन नयाँ योजना, अवसर र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ।शेयर बजारले पनि साथ दिनेछ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला।सरकारी निकाय र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन प्राविधिक कार्य सफल हुनेछ।वित्तिय संस्थाबाट सहयोग पाइनेछ।प्रेम सम्बन्ध कसिलो होला ।घरजग्गाको कारोबारमा सफलता मिल्नेछ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन कसैसँग कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ।सानातिना समस्यामा अल्झनुपर्नेछ।सौन्दर्यतामा धन खर्च पनि हुनेछ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल