रोबन मगर संग जापानमा हुने फुटबल गतिविधीबारे गरिएको अन्तर्वार्ता

फाईल तस्विरमा : जापान बस्दै आउनु भएका रोबन मगर

टोकियो,जापान,माघ,२-विश्वकै चर्चित खेल हो फुटबल।यो खेल भन्ने वित्तीकै मन नपर्ने मान्छे विरलै होला।मान्छेका अनेकौं सपनाहरु हुन्छन्,ति सपना पुरा गर्न संघर्ष गरि रहेका हुन्छन्।त्यसैमा हामी नेपालीहरुमा पनि कुनै युरोपियन नागरिक भन्दा कम्ती छैन् फुटबलको मोह !! 

आज हामीले आफ्ना अनेकौं सपना पुरा गर्नको निम्ती एशियाकै फुटबलमा शक्तीशाली राष्ट्र जापानमा पुगेर कर्म गर्दै गरेका र नेपालीहरुले आयोजना गर्ने फुटसल प्रतियोगिता र उनिहरुको फुटबल प्रतिको यो मोह जान्ने कोसिश गरेका छौं।

यसै सन्दर्भमा जापानमा बसोबास गर्दै आउनु भएका र नेपाली फुटबललाई नजिकबाट नियाल्दै आउनु भएका फुटबल प्रेमी या भनौं फुटबल गतिविधी प्रति काम गर्न बढी रुचाउने रोबन मगर संग कुरा गरेका छौं । 

 [उहाँ संग गरिएको कुराकानीको अंश जस्ताको त्यस्तै ]

१. “रोबन सर” तपाईलाई बिहानी अनलाईन डटकममा हार्दिक स्वागत छ ?
– धन्यवाद दुर्लभ सर हजुरलाई 
२.आराम हुनुहुहन्छ ?

-हजुर एकदमै आराम छु, हजुरलाई कस्तो छ ?

३. मलाई पनि एकदमै ठिक छ “रोबन सर ” आज हामी तपाईसंग जापानमा भैईरहने फुटसल गतिबिधी र तपाईहरुको क्लवले आयोजना गर्न लाग्नु भएको फुकुओका फुटसल च्याम्पियनसीपको बारेमा र तपाई एउटा फुटबल प्रेमी भएको नाताले पछिल्लो समय नेपाली फुटबलको स्तर र खेलाडीहरु विदेश पलायन भैईरहेका छन् तपाई त स्वंयम आफै पनि विदेशमा हुनुहुन्छ, यसलाई कसरी नियाली रहनु भएको छ, यीनै सेरोफेरोमा रहेर कुराकानी गर्ने कोसिस गर्नेछौ !! अब लागौं कुराकानी तर्फ !!सर्वप्रथम सर यहाँलाई प्रतियोगिता सफलताको लागि धेरै धेरै शुभकामना !! फुकुओका फुटसल च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्न लाग्नु भएको रहेछ,तयारी कस्तो हुदैँछ ?

-धन्यवाद सर !! फुटसल च्याम्पियनसिप हामीले यहि आउने फेब्रेअरी ४ तारिख शनिवारको दिन गर्दैछौं।अहिले तयारी राम्रो नै छ, र लगभग ५० प्रतिशत कामहरु सकि सकेको छ ।

४. जापानका विभिन्न शहरमा प्रवासी नेपाली फुटबल प्रेमीहरुले आयोजना गर्ने फुटसल टुर्नामेण्ट भन्दा तपाईहरुले गर्न लाग्नु भएको टुर्नामेण्ट अलि फरक छ भन्ने सुनेको छु के छ त्यस्तो विशेषता ?

-हजुर सर “अब प्रतियोगिता नै हो अरुले पनि गर्ने हामीले पनि गर्ने तर उद्देश्य चाहि सायद अलि कति फरक छ,जस्तो लाग्छ।किनकि हाम्रो उद्देश्य भनेको जो कोहि परिवार बाट विदेशमा आएर दु:ख गर्नु हुन्छ,हप्ता दिन महिना नभनी काम गरेर आफ्नो शरिरलाई थकित बनाएर कतिपय “डिप्रेशन”को सिकार बन्दै जाने पनि हुनुहुन्छ।त्यस्तो व्यक्तीहरुलाई यो खेलकुद मार्फत उत्प्रेरणा दिने हाम्रो उद्देश्य रहेको छ।

५. विदेशी भुमिमा बसेर यस्ता प्रतियोगीताहरुको आयोजना गर्न कत्तीको गारो अथवा सजिलो हुदो रहेछ ?

-प्रतियोगिता होस् या कुनै कार्यक्रम गर्न सजिलो त कहाँ हुन्छ र,”यसैमाथी पनि जापान जस्तो ठाँउमा समयको एकदमै महत्वपुर्ण हुने देशमा” त्यो भन्दा अझ ठुलो भनेको आफूले लिनु पर्ने जिम्मेवारी हो।त्यसैले सजिलो त पक्कै हुदैन।

६. जापानमा प्राय गरेर बाह्रैमासे फुटसल प्रतियोगीता भैईरहेका छन् ! एउटा राम्रो फुटसल टुर्नामेण्ट सफल पार्न के के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?

-फुटसल टुर्नामेण्टहरु त अहिले धेरै भन्दा धेरै भैईराको छ,तर यसलाई राम्रो पार्नको लागि व्यवस्थापन हुन एकदमै आवश्यक छ।खासगरी हामी नेपालीहरु तातो रगत हुने गर्छ,त्यसैले खेल खेलाउने रेफ्रिको व्यवस्थापनमा ध्यान दिन महत्वपुर्ण छ, जस्तो लाग्छ र सबै भन्दा ठुलो कुरा त अनुशासन पनि रहेको छ। जो कोहि टिमको पनि ज-जसले नेतृत्व गरेको हुन्छ,उसले आफ्नो टिमलाई अनुशासन र नियन्त्रणमा राख्नु एकदमै आवश्यक हुने गर्छ।

७. यो त भयो फुटसल टुर्नामेण्ट आयोजना सम्बन्धी सामान्य कुराकानी, अब “रोबन सर” यहाँ फुटसल खेल्ने खेलाडीहरुको बारेमा पनि थोरै कुराकानी गरौं,तपाई त एउटा लामो समय देखि क्लवको म्यानेजरको हैसियतमा रहेर काम पनि गरिरहनु भएको छ, सायद यहाँ फुटसल खेल्ने खेलाडीहरुको भावना पनि बुझ्नु भएको छ नै होला।नेपालबाट सबै कमाउने उद्देश्यले विदेश आएका हुन्छन् तर यहाँ फुटसल खेल्न खेलाडीहरु के कुराबाट प्रेरित भएर फुटसल खेल्छन जस्तो लाग्छ ?

-विदेशमा आएर हामी नेपाली दाजुभाईलाई एक ठाँउमा गराउने एक अर्का संग चिनजान गराउन यो फुटसलले धेरै ठुलो भुमिका रहेको छ,जस्तो लाग्छ सर।र खेलाडीको भावनाको कुरा गर्नु पर्दा खेरी यहाँको काम गाक्कोले गर्दा हुने तनावहरु र कान गर्न खेल्ने र एक अर्का संग चिनजान गर्न भावनाले खेल्नेहरु पनि धेरै छन् ।

अर्को कुरा पैसा कमाउने उद्देश्यले आएको तर आफू संग राम्रो फुटसल खेल्ने प्रतिभा भएको खेलाडीहरु भेट्न सकिन्छ।यसलाई सकरात्मक नै लिनु पर्छ जस्तो लाग्छ मलाई, तर पैसा कमाउने उद्देश्यले मात्र खेल्नु भन्दा पनि एक अर्का संगको सम्बन्धलाई महत्वपुर्ण सोचेर खेल्दा अझै राम्रो होला।

८. जस्तो “सर” कुनै पनि खेलाडी आफ्नो फुटबल प्रतिको रुची या भनौं (प्यासन) पुरा गर्न विदेशमा आउछन् होला त्यस्ता खेलाडीहरुको लागी जापान कस्तो गन्तव्य हुन सक्छ ?

-जापानमा अहिले त विशेष गरि हामी नेपाली आफ्नो खेल प्रतिको जोश(प्यासन) ले भन्दा पनि पैसा कमाउने र भविश्य( करिअर)लाई व्यवस्थापन (सेटल) गर्ने सोचले नै आएका हुन्छन् जस्तो लाग्छ मलाई,यहाँ आएर आफ्नो खेल्ने प्यासनलाई निरन्तरता दिएर आफ्नो भविश्य बनाउन चाहि अलि गारो नै होला।

९.जापान आएका केहि राम्रा नेपाली खेलाडीलाई यहाँको कुनै पनि ग्रेडको क्लव संग समन्वय गरेर आवद्ध गराउन कत्तीको सम्भव छ। त्यस्तो कुनै नेपाली खेलाडीका लागी पहल भएको छ अहिले सम्म ?
-जापान आएर राम्रो खेलाडीहरुले यहाँको डिभिजन क्लवमा अवसर पाउने सम्भावना निकै कम छ भन्न चाहान्छु म, तर सम्भावना नै नभएको चाहि होईन्।त्यसको लागि प्रकृया हुनु पर्छ र अर्को त त्यस बारेमा जानकारीको आवश्यक पर्छ।नेपालमा टिम आरसिटीबाट खेलेर आएका बुढाथोकि भाईले पनि अवसर पाएको हामिले थाहा पाएका थियौं।

तर दुर्भाग्यवस उनी ट्रेनिङमा घाईते हुन पुग्दा उसले आफ्नो प्रतिभा देखाउने अवसर पाएन र यहाँको क्लवहरु संग हामीले सिधैं समन्वय निकै गाह्रो नै हुन्छ,किनकि जापानमा विगतको नतिजालाई धेरै विश्वास गर्ने संस्कृती छ र विद्यार्थी भिषामा आएर यहाँ व्यवसायीक। फुटवल खेल्ने नेपाली अहिले सम्म नभएकोले गर्दा यसलाई अहिले नै हुन्छ र नेपाली खेलाडीले अवसर पाउन सक्छन भन्ने अवस्था चाहि गारो नै छ।

१०.धेरै खेलाडीले जापानमा गएर फुटबल सिक्छु भन्ने सोच पनि बनाई राखेको छन् होलान्,जापानको जुनसुकै ग्रेडको क्लवमा कसरी प्रवेश गर्ने यस्ता कुराहरुले अलमल परिरहेका खेलाडीहरुका लागि,यहाँको कुनै पनि क्लवमा आवद्ध हुन तपाईले बुझे अनुसार के के गर्नु पर्छ जस्तो लाग्छ ?

-जापानमा आएर आफ्नो भविश्य फुटबलमा नै खोज्नेहरुको लागि चाहिँ त्यहि अनुसारको मेहेनत आवश्यक पर्ने हुन्छ,र सच्चिकै त्यहि नै सोच राखेर जापान आएको हुनुहुन्छ,भने जापानमा सबै कुराको प्रकृया हुन्छ,त्यो प्रकृया भनेको खेलाडी छनोट देखि लिएर प्रत्येक क्लव हरुको वईवसाईटमा हेर्न सकिन्छ ।

११. यो त भयो विदेशमा हुने फुटबल गतिविधीको बारेमा सामान्य कुराकानी अब भने “रोबन सर” यहाँ संग म नेपालमा हुने फुबलको गतिविधीका विषयमा थोरै कुराकानी गर्छु,तपाई एकदमै फुटबल प्रेमी मान्छे पछिल्लो समय विदेशमा बसेर नेपालको फुटबल गतिविधीलाई कसरी नियाली रहनु भएको छ ?

-मैले मेरो नजरमा नेपाली फुटबल गतिविधिलाई बयान गर्नु पर्दा अवस्था साह्रै दुखद छ,भन्न चाहान्छु। किनकि हाम्रो फुटबल दिन दिनै स्टार खेलाडी घट्दै गएको अवस्था र यो नै यथार्थ हो कि हामी संग साफ च्याम्पियनसिप खेल्ने देशहरु भारत,माल्दिभ्स,आज धेरै माथिल्ललो उचाईमा पुगिसकेको छ। हामी भने साफ च्याम्पियनसिपको फाईनल खेल्नु लाई नै उपलब्धी सोचेर बस्दै छौं । त्यसैले अवस्था एकदम नाजुक छ,भन्न चाहान्छु ।

१२. लामो समय देखि नेपालमा “मोफसल” गोल्डकप प्रतियोगिता बाहेक ठुला धनराशीका लिग खेलहरु हुन सकि राखेको छैन्,यसर्थ धेरै राष्ट्रिय खेलाडीहरु विदेश पलायन भएका छन्,”यस विषयमा के भन्न चाहानुहुन्छ ?”

-खेलाडीहरु विदेश पलायन हुनुको मुख्य कारण नै समयमा लिग नहुनु हो। मोफसलको गोल्डकप हरुको भरमा न त उनिहरुको खेल को स्तर बढ्छ,न त राम्रो आम्दानी नै हुन्छ।मान्छे भएसी उसले आफ्नो परिवार प्रतिको कर्तव्य पुरा गर्नु पर्ने हुन्छ।अनि आफ्नो पेट पाल्न पनि त पर्यो,तर त्यसको लागी श्रोत नभए पछि विदेशीनु नै अन्तिम विचार हुने गर्छ ।

१३. तपाईको विचारमा नेपाल सरकारले राम्रा खेलाडीहरुलाई विदेश पलायन हुन नदिई स्वदेशमै रोक्न के के गर्नुपर्छ जस्तो लाग्छ ?

-नेपाली खेलाडीलाई विदेश पलायन हुन नदिनको लागि निरन्तर लिग हुन आवश्यक छ र वार्षिक क्यालेण्डरमा फुटबल गतिविधीलाई निरन्तरता दिन आवश्यक छ। मुख्यतया हाम्रो देशमा लिग नै नभएर विदेशीने खेलाडीहरु धेरै छन् ।

१४.पछिल्लो समय नेपालमा खेलाडी छनोटमा राम्रालाई भन्दा आफ्नालाई प्राथमिकता दियो भन्ने खेलाडीको बारम्बार गुनासो सुन्नमा आउछ, के नेपालको फुटबलको कमजोर स्थितीहुनु राजनितिक हाबि हुनु हो वा अरु कुनै ?

– यस विषयमा चाहि यथार्थ के छ भनेर मैले नजिकबाट बुझ्न पाएको त छैन् । सायद लाग्छ त्यो पनि केहि हद सम्म त हुन्छ,होला नै तर सत प्रतिशत आफ्नोले मात्र अवसर पाएको छ,भन्नु पनि गलत हुन सक्छ।तर खेलाडी छनोटमा बारम्बार आफ्नोले हस्तक्षेप गरेर मुख्य प्रशिक्षकलाई खेलाडी छनोट गर्न नदिनु चाहि दुर्भाग्य ना हो।किनकि खेलाडी छनोट भविश्यमा सत प्रतिशत नै मुख्य प्रशिक्षकको अधिकारको कुरा हुने गर्छ।
१५. यहाँको विचारमा नेपाली फुटबलको विकासका लागी के के गर्नु पर्ला जस्तो लाग्छ ?

-नेपाली फुटबललाई विकास गर्नका लागि कसैले केहि गरेर हुने वाला केहि छैन,जब सम्म आउने नेतृत्वले जिम्मेवार भएर आफ्नो कर्तव्यलाई बुझ्ने छन्।त्यहि दिन फुटबल विकासको खुड्किलो चढ्न सुरु हुन्छ जस्तो मलाई लाग्छ।अहिलेको नेतृत्वमा एक प्रतिसत पनि जिम्मेवारी देखिदैन् ।

१६. नेपालका अती दुर्गम गाँउ ठाँउमा मेहेनती खेलाडी छन्,जो अझै पनी कपडाको भकुण्डो बनाएर नाङ्गो खुट्टाले फुटबल खेलेको हामी सामाजीक संजालमा देख्ने गर्छौ,त्यस्ता खेलाडीका बारेमा के भन्नुहुन्छ ? अथवा केहि सहयोग गर्ने अपेक्षा राख्नु भएको छ ?

-हाम्रो देशको सबै भन्दा कमजोरी नै त्यहु छ कि ग्रास रुट लेभलको अवसर छैन्! ठुलो शहर बाट मात्र अवसर प्राप्त हुन्छ भन्ने मान्यता छ।यसको लागि केन्द्र मात्र नभएर प्रत्येक क्षेत्रीय जिल्लाको नेतृत्वले यस बारेमा सोचेर काम गर्न आवश्यक छ।

किन कि कुनै पनि जिल्लाको कुना कुनाको जानकारी त्यसै जिल्लाको नेतृत्वलाई थाहा हुन जररुरी छ।अझै सजिलो गरि भन्नु पर्दा विधीगत रुपमा संचालन गर्नु आवश्यक छ।पक्का पनि भविश्यमा आफ्नो देश फर्किएर फुटबलमा नै संलग्न हुने सपना छ,किनकि मेरो लागि फुटबल नै प्यासन हो,र फुटबल संग ताढा हुन नसकेर नै यो संग सम्बन्धीत रहेर कामहरु गर्दै छु।आशा गरौं कुनै आफ्नो देशको कुना पनि ठाँउको प्रतिभा भएको खेलाडी लाई सहयोग गर्ने दिन आउनेछ ।

१७. अब यहाँलाई अन्तीम प्रश्न “रोबन सर” अन्त्यमा समस्त खेलकुद पक्षलाई सकारात्मक विकाशको बाटोबाट उज्यालो तर्फ डोर्याउनका लागी मैले यहाँलाई सोध्न छुट्याएका प्रश्न भए, र यहाँलाई आजको कुराकानीमा भन्नै पर्ने केहि कुरा छन् भने बताईदिनुहोस् न ?
– मैले मेरो नजरबाट देखेको बुझेको आधारमा विचार राखेको छु दुर्लभ सर यसमा हजुरले खोज्नु भएको जवाफ चाहि पाउनु भएको छ,भन्ने आशा राखेको छु।हाम्रो देशको फुटबल गतिविधी प्रति नजिक भएर मेरो शब्द राख्ने अवसर दिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ ।

१८. हुन्छ, “रोबन सर” जापानको यती व्यस्त समयको बाबजुँद पनी हामीलाई कुराकानी गर्ने समय दिनुभयो,त्यसको लागी यहाँलाई धेरै धेरै धन्यवाद छ ।