श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

के-पी-घिमिरे/
नेपालगन्ज, जेष्ठ,१५-
बर्दिया जिल्लाको बासगढी नगर पालिका वार्ड न ७ बभनपुर भन्ने ठाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।गत जेष्ठ ७ गते बासगढी नगर पालिका वार्ड नं ७ बस्ने दशरथ यादवले अाफनी श्रीमती छोटकन्नी यादवलाई कुटपिट गरेका थिए ।

नीज छोटकन्नी यादवलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याईएको थियो । नीजको उपचार गर्दा गर्दै हिजो राति मृत्यु भएको निज मृतकका देवर नागेश्वर यादवले बताएका थिए । कुटपिट गर्ने श्रीमान फरार रहेको र निजको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बासगढीले बताएको छ ।