यो बर्ष पनि चन्द्रौटा डुभानको जोखिममा अर्को साल बाट जोखिम नहुने : नगर प्रमुख

अराज सिंह बेल्वासे,

चन्द्रौटा,साउन,१७-

बर्षा भए पछि जम्मा हुने पानीको निकास नहुदाँ चन्द्रौटाबासी हरु डुभानको उच्च जोखिममा परेका छन पानी निकासको लागी बनाइएका नाली हरुको ब्यबस्थापन नहुदाँ पानीको निकास बन्द हुदाँ डुवानको उच्च जोखिममा परेको हो ।

सार्वजनिक पानी निकासका कुला हरु अतिक्रमण भएर बाटो निमार्ण तथा घर निमाण गर्दा जथाभाबि माटो फाल्दा नालि हरु पुरिएर निकास बन्द हुदाँ सहज टोलको सडक क्षेत्र पानी जम्मा भइ आवतजावतमा समस्या तथा घरमा समेत पानी पसेकोले स्थानिय हरु फेरि पानी गरे पछि हुने सकंटले चिन्तित भएका छन ।

चन्दौटा क्षेत्रका अधिकासं पानी निकासमा नालीहरु बुझिएकाले पानी जम्मा भएको छ । नाली निकास भएका स्थानमा घर निमार्ण गर्दा पुरिएका नाला बाट पानी निकासको लागी ससस्त्र प्रहरी , नेपाल प्रहरी सहितको टोली खुलाउने प्रयास गरेपनि स्थानिय हरुले आफुहरु डुबानमा पर्ने भन्दै अबरोध गरेका छन्।

पहिले पानीको निकास भएको स्थानमा सडक निमार्ण गरे पछि पानी जाने स्थान नभएकाले निकासको बाटो खोजेर खोल्नु पर्ने बताउदै एका तर्फको रोक्ने भन्दै अर्को तर्फ डुबाउन नहुने भन्दै स्थानिय हरुले कसैलाइ मर्का नपर्ने गरि काम गर्न अनुरोध गरेका छन ।

सामान्य पानी पर्दा पनि सधै डुभान हुने क्षेत्रमा हिजोको पानीले डुभानमा पर्दा पनि सामान्य निकास दिन नसकेको डुभान क्षेत्रका स्थानिय निरास बनेका छन । हरेक बर्ष डुभान पर्दा पनि नगरपालिकाले बेवास्ता गरेको उनिहरुले बताएका छन । यो क्षेत्र बाहेक अन्य धेरै क्षेत्रमा नाली पास नहुँदा डुभानको जोखिम बडेको छ ।

शिबराज नगरपालिकाले गत बर्ष पनि डुभान हुदाँ यसपालि कुनै चासोँ नदिँदा यो बर्ष पनि डुभान भएको स्थानिय हरुले बताएका छन । उता शिबराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले कसैलाइ पनि मर्का नपारी पानीको निकास दिने बताउनु भएको छ ।

छिटै चन्दौटा क्षेत्रका सम्पुर्ण नाली ब्यबस्थित गर्ने र सडक नाली निमाणको काम सुरु गर्ने बताउनु भयो । पेटोल पम्पको अगाडीको पानी निकासको नाली बुझिएको खोल्ने बेला भएको अबरोध बारे जानकारी पाएको बताउदै दुबै पक्षलाइ मर्का नपर्ने गरि काम गर्ने बताउनु भयो ।

पहिला रहेको सरकारी कुलोमा सडक निमार्ण भएको भन्ने जानकारी आएकोले सडक डिभिजन सहितको टोल बोलाएर काम सुरु गरेकोले कसैलाइ डुब्न नपर्ने गरिकाम गर्ने बताउनु भयो । हरेक बर्ष डुभानको समस्या भोगेका चन्द्रौटा बासी हरुलाइ अर्को साल बाट समस्या बाट मुक्त गर्ने सडकको दुबै पट्टी नाली निमार्ण गरि पानीको सुरक्षित निकास गराउने बताउनु भयो ।