प्रकाश पुनको “नाच्छे एक नम्बर” बोलको गित सार्वजनिक

रोशन घर्ति
दाङ,साउन,१६-
तिज पर्व आउन १ महिना बाँकी रहदा अहिले तिजका गितको बाढी नै लागेको छ ।  तिज पर्व आउन ३,४ महिना पहिलाबाट तिज गितको तयारी गर्ने कलाकारहरुले यस बर्षपनि थुप्रै लय शब्दमा तिज गित हरु सार्वजनिक गरेका छन ।

महिलाको महान पर्व हरितालिका तिज महिलाहरुको विशेष पर्व भएता पनि तिज गित गाउने र नाच्नेमा भने पुरुषहरु पनि अब्बल मानिएका छन । त्यस्तै विगत ६ वर्षबाट सञ्चारकर्मीका रुपमा काम गरेर लाखौँ स्रोताको मन जित्न सफल सुमधुर स्वरका धनी एवं चर्चीत सञ्चारकर्मी,गायक तथा मोडेल प्रकाश पुनको अर्को नौलो नाच्छे एक नम्बर बोलको तिज गित सार्वजनिक भएको छ ।

लोकदोहोरी गित गाउनमा अब्बल गायक हुन पुन यसो त उनर्र्र्र्ले दाङ घोराही बजारमा बोलको गितबाट गायन तथा मोडेलिङ यात्रा सुरु गरेर उनले नाच्ने हो सगैँ,दशैँ तिहार आउँदा,पागल भए म जस्ता थुप्रै चर्चित समेत पस्किसक्नु भएको छ । पुनले १ दर्जन गितमा अभिनय समेत गरेर आफुलाई अभिनयमा समेत स्थापीत गरीसक्नुभएको छ ।
भर्खरै सार्वजनिक “नाच्ने एक नम्बर”बोल गितले चोकचोक पसल,गाउँघर हरेकतिर यहि गित गुञ्जीन सुरु गरीसकेको छ । यस वर्षको तिजमा पनि प्रकाश पुनको गित फेरी सर्वाधिक सफलता पाउनेमा पुनले आशा गरेका छन ।

गीतमा गायक प्रकाशले गायीका रुपा जि.एम. तिजमा चिटिक्क परेर साडीमा सजिएको फुर्काउदै कम्मर मर्काइमर्काइ एक नम्बर नाचेको भन्दै गाएका छन ।
                                                   “तिजको बेला हिरोनी बनी आई रहिछौ नाच्नलाई
                     जानेकी रहीछौ पाउजु बजाउदै कम्मर भाच्नलाई
                                                                           लरक्कै लरकिदा साडी, मरकै कम्मर
                 भन्न त सबैले भन्थे यही मोरी नाच्ने एक नम्बर ”
जवाफमा रुपाले प्रकाश पुनलाई वर्ष तिजमा आउदा आफुलाई नि नाच्न मन लाग्ने बताएकी छिन ।
                 “जहिले नि तिज आएसी मलाई नाच्न मन लाईरहन्छ
                                               सबजना नाच्दा मलाई नि कम्मर भाच्न मन लाईहाल्छ
                   लरक्कै लरकियो साडी, मरकियो कम्मर
                                                सबैले मै राम्री भन्छन यही मोरी नाच्ने एक नम्बर ”
एओन मुभी मेकर्स प्रा.लिको प्रस्तुतिमा बजारमा आएको यो गीतमा प्रकाश पुन र रुपा जि.एमको स्वर, धनसिंह केसीको शब्द÷लय, तिलक वलीको एरेञ्ज रहेको छ

 

 

 

गामवेशी                                     म्यूजिक प्रा.लिमा रेकर्ड                               भएको गीतमा           अमृतमान          वलीको निर्देशन,                सुस्मा वलीको सम्पादन,                     भिमसेन       कल्यालको                          छायांकन,      विक्की र मेघराजको      कोरियोग्राफी रहेको छ ।

 

 

गीतको दृष्य निर्माण एओन मुभी मेकर्स प्रा.लिले गरेको हो । उक्त गितमा प्रकाश पुन, ममता पोख्रेल, कृष्ण डाँगी र सुरक्षा सेर्पाइलीको अभिनय रहेको छ ।
सञ्चारकर्मी प्रकाशलाई सांगितीक क्षेत्रमा सफलताको शुभकामना ।।

Do not forget, watch song

https://www.youtube.com/watch?v=R2shCq5o9rM