सज्जा चौलागाई बनिन् तेस्रो नेपाल आईडल अर्थात प्रथम महिला विजेता

फाईल तस्विरमा: तेस्रो नेपाल आईडल अर्थात प्रथम महिला विजेता : सज्जा चौलागाई

काठमाडाैं,भदौ,१२-नेपाल आइडलको सिजन तिनमा सज्जा चौलागाई विजेता घोषित भएका छन्।शुक्रबार भएको ग्राण्ड फिनालेमा प्रविन बेदवाल र किरण भुजेललाई पछि पार्दै चौलागाई तेस्रो नेपाल आईडल अर्थात प्रथम महिला नेपाल आइडल समेत भएका हुन् ।

बर्दियाका प्रविन वेदवाल फस्ट रनर अप भए भने सेकेण्ड रनर अप बर्दिवासका  किरण कुमार भुजेल बने ।

उपाधिसँगै मोरङ जिल्लाका सज्जा चौलागाईले ५० लाख रुपैयाँ नगद पाएका छन् ।यस्तै प्रविनले बेदवालले १० लाख रुपैयाँ नगद पाउँदा किरणले ५ लाख रुपैयाँमा चित्त बुझाएका छन् ।

यसैविच समापनको क्रममा सबै प्रस्तुतीहरु सकिए लगत्तै नेपाल आइडल निर्माण टोलीका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको सूचना पाए लगत्तै कार्यक्रम स्थगित हुन पुगेको थियो । 

कोरोना पुष्टि भए पछि नेपाल आईडलका जज र प्रतिस्प्रधीहरु आईसोलेसनमा जानु पर्ने भएको हो ।शुक्रबार बेलुकि ५ बजे सम्म विभिन्न माध्यमबाट आएको भोटको आधारमा अन्नपुर्ण मिडीया नेटवर्कका अध्यक्ष अर्थात क्याप्टेन रामेश्वर थापाले विजेताको घोषणा गर्नु भएको थियो ।