प्रधानमन्त्री ओली र प्रचण्डबीच आज निर्णायक वार्ता हुने

काठमाडौं,असार,२०-सत्तारुढ नेकपामा चुलिएको विवाद मिलाउँन आज (शनीबार) पनि दुई अध्यक्षबीच छलफल हुँदैछ।

स्थायी समितिको बैकठ बस्नुअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग निर्णायक र अन्तिम वार्ताका लागि पुष्पकमल दाहाल प्रचण्ड केहीबेरमा बालुवाटार जाँदैछन्।

वार्तामा को-को बस्छन् प्रष्ट भइसकेको छैन। तर, आज ओली र प्रचण्डबीच निर्णायक वार्ता हुने नेकपा स्रोतले जनाएको छ।

चालु स्थायी समिति बैठकमा सहभागी अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने अडान लिएपछि नेकपामा विवाद चुलिएको छ।

विवाद समाधानका लागि ओली र प्रचण्डबीच शुक्रबार पनि छलफल भएको थियो। तर, ओलीले आफूले दुबै पद नछाड्ने बरु पार्टी फुटाउने धम्की दिएपछि नेकपाको विवाद जटिल मोडमा पुगेको छ।

ओली र प्रचण्डबीचको छलफलपछि आजै स्थायी समिति बैठक बस्ने तयारी छ। पार्टीमा बढेको विवाद समाधानका लागि भन्दै गएकाे बिहीबारदेखि स्थायी समिति बैठक स्थगित छ।