सामाजिक दूरी कायम नगर्दा काँग्रेस सभापति देउवाले झपारे कार्यकर्तालाई

काठमाडौं,असार,१९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक दुरी कायम नगरी कार्यक्रम आयोजना गरिएको भन्दै कार्यकर्तामाथि आक्रोश व्यक्त गर्नुभएको छ ।उहाॅंले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काउनु भएको हो ।

फाईल : तस्विर

गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा साढे २ मिनेट सम्बोधन गर्दै देउवाले नेताहरुलाई थार्काउनु भएको हो । 

‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ । लाज पनि छैन, बोल्दा ढंग पनि छैन’ भन्दै सम्बोधन सुरु गरेका उहाॅंले महामारीका बेला भाषणबाजीको कार्यक्रम नराख्न आग्रह गर्नुभयो। खतरा रोग आएको भन्दै उहाॅंले भन्नुभयो, ‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । ठुलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता जान्ने भइहाल्नुपर्ने ? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहनल्नु पर्ने ?’

नैनसिंह महर नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसकेपछि देउवाले रुचाएका राजीव ढुंगानालाई सभापति बनाइएको छ भने भागबन्डाका आधारमा उपसभापति, महामन्त्री चयन गरिएको छ भने केन्द्रीय समितिले पूर्णता पाएको छैन ।

कार्यक्रममा पूर्वमहामन्त्री मनोजमणि आचार्यले नेविसंघलाई पार्टी नेतृत्वले भुत्ते बनाएको तथा संगठनलाई पूर्णता नदिएको बताउनु भएको थियो, तर देउवाले उल्टै थर्काईदिनु भएको थियो ।नेविसंघ, तरुण दल सबैले पूर्णता पाउने बताउनुभयो । केही समस्या रहेको भन्दै उहाॅंले भन्नुभयो, ‘विद्यार्थीहरु मिलेको भए समस्या नै हुने थिएन नि । आफैं झगडा गर्‍यागर्‍यै छन् ।

‘देउवाले भन्नुभयो” एक समय नेविसंघको सभापति भएर आएको आफू चारपटक प्रधानमन्त्री भएको स्मरण गराउदै, ‘तपाईंहरु कोही हुन सक्नुहुन्छ भोलि यस्तै हिसाबले ? लाज पनि छैन ।‘सभापती देउवाले भन्नुभयो’ पहिले नेविसंघलाई बलियो बनाउन र स्कुल कलेजमा जित्न आग्रह गर्नुभयो । ‘जहाँ पनि हार्‍याहार्‍यैं छन् । लाज पनि छैन,भन्दै नेविसंघका नेताहरुलाई सभापती देउवाले झपार्नु भएको थियो ।

उहाॅंले नेवि संघ स्कुलहरुमा कहाँ छ भनेर प्रश्नसमेत गर्नुभयो ? यसअघिका सभापतिहरुलाई पनि स्कुलमा नेविसंघ बनाउनुस् भन्दा नसुनेको भन्दै उहाॅंले असन्तुष्टी पोख्नुभयो,उहाॅंले अघि भन्नुभयो ‘काठमाडौं आएर बढ्ता भाषण गरेर केही हुनेवाला छैन, गाउँमा जाऊ गाउँमा भन्दै आग्रह गर्नुभयो ।

उहाॅंले भन्नुभयो, ‘गाउँमा जाऊ, स्कुलमा नेविसंघ बनाएर देखाऊ । केही नगर्ने, अनि मसँग कुरा गर्ने ?’गाउँ,विद्यालय तहमा समेत नेविसंघ नभएको भन्दै उहाँले एकआपसबीचको कलहकै कारण बदनाम हुनुपरेको जिकिर गर्नुभयो ।

नेविसंघलाई बलियो बनाउनका लागि विद्यालय तहमा पुर्याउनुपर्ने उहाँको भनाइ थियो ।कार्यक्रममा केन्द्रीय समितिलाई पूर्णता दिन सभापति देउवालाई विद्यार्थीहरुले आग्रह गरेका थिए ।