स्थानीय तहमा पर्याप्त कर्मचारी व्यवस्था गर्न निर्वाचन आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं, फागुन २९ – निर्वाचन आयोगले अहिले कायम भएका ७ सय ४४ वटा स्थानीय तहमा आगामी चैत ३ गतेभित्रमा पर्याप्त कर्मचारी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।आयोगको शनिबार बसेको बैठकले आपसी समन्वय गरी कर्मचारीको व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

साथै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चुनाव सम्बन्धी काम गर्न तत्कालै रहेक स्थानीय तहमा कायममुकायम वा निमित्त प्रमुख नियुक्त गरी जानकारी दिन पनि आयोगले निर्देशन दिएको छ ।

बैठकले स्थानीय तहमा स्वीकृत दरबन्दी अनुसारको कर्मचारी खटाउँदा सम्भव भएसम्म सम्बन्धित सेवारसमूहका कर्मचारी खटाउन र सम्भव नभएमा अरु उपयुक्त सेवारसमूहबाट कर्मचारी व्यवस्थापन गर्न सामान्य प्रशासन मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।यस्तै बैठकले स्थानीय तहको चुनाव अवधिभर चुनावमा असर पर्ने गरी कुनै पनि कर्मचारीलाई तालिममा नखटाउन निर्देशन पनि दिएको छ ।