सुचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम पुरैनीमा

मधुपौडेल
बाँके,फागुन २७-
सुचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम नेपालगन्ज २८ पुरैनीमा  भएको  छ ।  नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा लक्षित विकास कार्यक्रम अन्र्तगत सुचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको हो ।कार्यक्रम

वडा नगरिक संयोजक शिव कुमार वर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी  , पत्रकार महासंघका पुर्व अध्यक्ष शुक्रऋषि चौलागाई ,  उच्च अदालत बारका अध्यक्ष बल बहादुर चन्द लगाएतले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको प्रशिक्षणका क्रमममा अध्यक्ष तिवारीले सुचनाको प्रभवाकारीताको तथा यसले वडाका खेल्न सक्ने भुमिका का  बारेमा  प्रक्षिक्षण दिनु भएको थियो । यसैगरी नेपालगंज उच्च अदालत बारका अध्यक्ष चन्दले सुचनाको हकले देश विकास सगै भ्रष्टाचार कम गर्नमा सहयोग गर्ने बताउनु भएको थियो ।

सुचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम पुरैनीमाचन्दले २० वर्ष सम्म स्थानिय निकायको निर्वाचन नहुदा राज्य जनता प्रति जवाफ देही भएको यस अवस्थामा सुचनाको हकको बारेमा सबैले बुझ्नु पर्ने कुरा मा जोड दिनु भएको थियो ।

पत्रकार तथा महासंघका पुर्व अध्यक्ष शुक्रऋषि चौलागाइले सुचनाको हकलाई प्रयोग गर्न  सवैमा आग्रह गर्नु भएको थियो । चौलागाईले सरकारले सुचना आफै दिनु पर्ने भए पनि यसो नभै नरहेको अवस्थामा जनताले आफ्ैले माग्नु पर्ने बताउनु भयो ।

कार्यक्रमको सहजीकरण सुचना र मानवअधिकार अनु्सन्धान केन्द्रका  उपनीर्देशक राकेश कुमार मिश्रले थियो ।कार्यक्रममा  बाल क्लबका अध्यक्ष तथा  पदाधीकारी ,पर्यटन पत्रकार संघ बाके शाखाका मधु पौडेल, नेपाल युवा परीषद बाकेका अध्यक्ष का सोम गुरुड. स्थानीहरुको  लगायतसहभागिता रहेको थियो ।

यसैगरी सो शिव कुमार वर्माको संयोजकत्वमा ११ सदस्यीय वडामा वडा स्तरीय सुचना र मानव अधिकार समुह गठन गरीएको छ । उक्त समितीमा सुमित्रा मल्ल,राकेश बर्मा, मधु जिसी अधिकारी , सुनिता रावत, मिरा अधिकारी , रविस बर्मा, गोपि यादव , शान्ति विश्व कर्मा , सुदिप वर्मा, राज कुमार रैदास लगायत सदस्य रहनु भएको छ ।