डोल्पामा सुविधा पुर्याउँन घर—घरमा हिँउपोखरी निर्माण

डोल्पा,माघ २६-डोल्पा जिल्लाका किसानलाई सिँचाई सुविधा पु(याउँन घर—घरमा हिँउपोखरी निर्माण गरिने भएको छ । जिल्लामा सक्रिय रुपमा कृषजन्य उत्पादनगर्न व्यबसायिक रुपमा लागेका कृषकहरुलाई थोरै भएपनि राहात दिन कृषकहरुलाई हिँउपोखरी निर्माणका लागि कृषि विकास कार्यालयको अनुदानमार्फत पोखरी निर्माण गर्न लागिएको योजना अधिकृत भानुभक्त भट्राईले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत हिउँ पोखरी निर्माण गरेर हिमपात तथा बर्षादकोे पानी पोखरीमा जम्मा गरेर सिँचाईको सुविधा दिन लागिएको कार्यालयले जनाएको छ । यसबर्ष जिल्लाका ७५ जना कृषकहरुलाई नमुनाको रुपमा प्रति पोखरी १५ हजारका दरले रकम वितरण गरिने कार्यक्रम रहेको अधिकृत भट्राईको भनाई छ । तर, स्थानिय कृषकले भने १५ हजार रकमले डोल्पा जस्तो दुर्गम ठाँउमा पोखरी निर्माण गर्न अपुग हुने बताएका छन् ।