किर्गिस्तानमा सम्पन्न नादेझ्दा कपमा : नेपाल फेरी उपविजेता

सावित्रा सर्वाधिक गोलकर्ता : अनुको कीर्तिमानमा बराबरी

काठमाण्डौ,भाद्र,२६-

किर्गिस्तानमा सम्पन्न प्रतिष्ठित नादेझ्दा कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा नेपालले आफू भन्दा निकै बलियो उज्बेकिस्तानसँग ३-२ को सम्मानजनक हार बेहोरेको हो ।

यसअघि यी दुई टोली लिग चरणमा पनि भिडेका थिए । त्यतिबेला नेपालले २–० ले नतिजा गोलले हारेको थियो ।आजको हारसँगै नेपाली महिला फुटबल टोली अन्तर्राष्ट्रिय  उपाधि जित्न फेरि चुकेको छ ।

यसैबिच : फाईनल खेल सम्म पुग्दा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलमा सर्वाधिक गोलकर्ता बनेकी छिन् ।प्रतियोगितामा सावित्राले सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् ।  प्रतियोगितामा नेपाललाई उपविजेता बनाउन सफल सावित्राले कुल ७ गोल गरिन् । 

यो प्रतियोगितामा ७ गोल गरेसँगै सावित्राले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमानमा समेत बराबरी गरेकी छिन् । सावित्राले पूर्व कप्तान अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमानमा बराबरी गरेकी हुन्  ।

यसैगरी : नेपालले लिग चरणतर्फ आयोजक किर्गिस्तान र ताजिकिस्तानलाई हराउँदै उपविजेताका रुपमा फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा नेपालसहित उज्वेकिस्तान, किर्गिस्तान र ताजिकिस्तानले सहभागिता जनाएका थिए । फिफा वरियतामा उज्वेकिस्तान ४४औं स्थानमा छ भने नेपाल १०६औं स्थानमा छ ।