निर्वाचनको समिक्षा र तयारीमा काँग्रेस पनि जुट्यो’

काठमाडौं,साउन,५-

नेपाली काँग्रेसले प्रदेश नम्बर दुईको भेला बोलाएको छ । नयाँ बानेश्वरमा जारी भेलामा आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारीबारे छलफल भइरहेको छ ।

नेपाली काँग्रेस पार्टी कार्यालय सानेपा

भेलामा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारी, प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम

प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी रहनु भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।