नेपाली महिला क्रिकेट टिमका विकेटकिपर ज्योतिले लिए सन्यास

फाईल तस्विरमा : ज्योती पाण्डे !!

काठमाडौं,पैष,१८-नेपाली महिला टिमका विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएका छन्।

नेपाली महिला क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योतिले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएका हुन्।

आज भएको प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको फाईनल खेलमा कोशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बललाई उपाधी जिताए संगै उनले सन्यास लिएकी हुन्।ज्योतिले सन् २०११ देखि लगातार एपीएफबाट खेल्दै आएकी थिइन्।

विकेटकिपर पाण्डेले सन् २०१६ मा कतारसँगको खेलमा नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन्।उनले कतारसँग अन्तिम पटक सन् २०२१ मा खेलेकी थिइन्।पाण्डेले आफ्नो अन्तर्राष्ट्रिय खेलमा यू १७ टी-२० मा २ सय १० रन बनाएकी थिएन।