फुकुओकामा आज माघे संक्रान्ती पर्व मनाईदै

द-अविरल ब्याण्डको विजोड प्रस्तुती रहने

फाईल तस्विर ।।

टोकियो,माघ,२-नेपाल मगर संघ जापान क्षेत्रिय समिति क्यूशु जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ।

नेपाल मगर संघ जापानको केन्द्रिय समिती र क्षेत्रिय समिती क्यूशुको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शुक्रबारका दिन मनाउन लागेको हो।

प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले माघे संक्रन्ती पर्वलाई हरेक वर्ष महान पर्वको रुपमा मनाउदै आएको छ।

आज फुकुओका केनको तेन्जिनमा हुने माघि विशेष साँस्कृतिक साँझ कार्यक्रममा फुकुओकामा रहेको द-अविरल ब्याण्ड र उदाउदै गरेका स्थानीय कलाकारहरुले प्रस्तुती दिने नेपाल मगर संघ जापान क्षेत्रीय समिती क्यूशुका अध्यक्ष यूकेश राना मगरले जानकारी दिनुभयो।

यस्तै : उक्त कार्यक्रममा शुभकामना आदान प्रदानका लागी फुकुओकामा बस्दै आएका अग्रज व्यक्ति र विभिन्न सामाजीक कार्यमा सक्रिय संघ संस्था र समाजका प्रतिनिधीहरुलाई  आमन्त्रण गरिएको छ।

क्युस्यू क्षेत्रमा आसपासमा बस्ने सम्पुर्ण मगर समुदाय र गैर मगर समुदायका व्यक्तिहरुलाई उपस्थितीको लागी आयोजकले आग्रह समेत गरेको छ।

कार्यक्रम बेलुकि ६ बजे देखी राति ११ बजे सम्म संञ्चालन हुनेछ।