फुकुओकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

द अविरल ब्याण्डको प्रस्तुतीमा झुमे दर्शक

टोकियो,माघ,२-फुकुओकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

नेपाल मगर संघ जापानको क्षेत्रीय समिति क्यूस्यूले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो।

फुकुओकामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा चार सय भन्दा बढीको हाराहारीमा दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती क्यूस्यूका अध्यक्ष यूकेश राना मगरले जानकारी दिनुभयो।

कार्यक्रममा फुकुओकामा रहेका सक्रिय विभिन्न संघ संस्थाका अध्यक्ष लगायत प्रतिनिधीको उपस्थिती रहेको र उहाँलेहरुले छोटो मन्त्व्य राख्दै माघि पर्वको शुभकामना दिएको सचिव तुल बहादुर राना मगरले जानकारी दिनुभयो।

फाईल तस्विरमा : द अविरल ब्याण्डको क्रु मेम्बर

उहाँका अनुसार कार्यक्रममा उपस्थित दर्शक द-अविरल ब्याण्डको गायन प्रस्तुती झुमेका दिए।द-अविरल ब्याण्डले नेपथ्य ब्याण्डको चर्चीत गितहरु गाएर झुमिझुमी नचाएका थिए। द-अविरल ब्याण्डलाई दर्शकले अन्तिम सम्म नाच्दै गाँउदै साथ दिएका थिए।

फाईल तस्विरमा : नेपाल मगर संघ जापान क्यूस्यूका कार्यसमितीका सदस्य ।

कार्यक्रममा थुप्रै स्थानीय कलाकारहरुले आफ्नो एकल र सामुहिक नृत्य प्रस्तुती मार्फत उपस्थीत दर्शकलाई आफू संगै छमछमी नचाएका थिए। 

नृत्य प्रस्तुती दिने नेपाल मगर संघ क्युस्युका कलाकारहरु रहेका छन् ।

१.महिमा सुनारी मगर
२. बिशाल मस्राङ्गी मागर
३. मुकेश सुनारी मगर
४.सोनी राना मगर
५. सुस्मा थापा मगर
६. रुमकला थापा
७. गीता मल्ल थकुरि
८. दिपा लामा गुरुङ
९. आकृति तामाङ
१०. ममता राना
११. कश्मिरा थापा
१२. आरती रेग्मी मगर
१३. अ्मृता पुन मगर
१४. सागर थापा मगर
१५. सचिन सुस्लिङ मगर
१६. लक्ष्मण राना मगर
१७. सुमित्रा सारु मगर
१८. आशा सारु मगर
१९. मिनु पुन
२०. जमुना ढेंगा मगर
२१. सुजन श्रेष्ठ
२२. सुदिप मगर
२३. सुष्मा मगर ,
२४ किशु कडेल
२५. सर्मिला घर्ती मगर
२६. यम आले मगर
२७. लक्ष्मण राना
२८. डियस राडॅ
२९. गनेश सुनार
३०. सुजन राना मगर
३१. किम भित्रीकोटी ले प्रस्तुती दिएका थिए।